National life

हिरो मोटोकर्पले गर्‍यो दशैँ–तिहार लक्षित ‘हाम्रो परम्परा २०८२’ स्किम सार्वजनिक

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० भदौ २०८२, शुक्रबार
518Shares
हिरो मोटोकर्पले गर्‍यो दशैँ–तिहार लक्षित ‘हाम्रो परम्परा २०८२’ स्किम सार्वजनिक
ncell

काठमाडौं । नेपालमा दुईपाङ्ग्रे बजारमा लोकप्रिय ब्रान्ड हिरो मोटोकर्पले दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘हाम्रो परम्परा २०८२’ स्किम सार्वजनिक गरेको छ । कम्पनीले भदौ १६ गतेदेखि कात्तिक २९ गतेसम्म लागू हुने गरी स्किम ल्याएको हो ।

स्किमअन्तर्गत ग्राहकले स्योरसट डिजिटल स्क्र्याचमार्फत न्यूनतम ८ हजारदेखि अधिकतम ५ लाख रुपैयाँसम्म नगद छुट पाउन सक्नेछन् । त्यस्तै, पुरानो सवारीसाधन एक्सचेन्ज गर्दा अतिरिक्त २,०८२ रुपैयाँ सहित न्यूनतम १०,०८२ रुपैयाँदेखि अधिकतम १ लाख रुपैयाँसम्मको क्यास डिस्काउन्ट उपलब्ध हुनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यस स्किमअन्तर्गत फाइनान्स गर्दा कुनै पनि सर्भिस चार्ज नलाग्ने कम्पनीले जानकारी दिएको छ ।

यससँगै, हिरो मोटोकर्पले हालै नाडा अटो शोमा आफ्नो नयाँ उत्पादन ‘जुम १२५’ सार्वजनिक गरेको थियो । कम्पनीका अनुसार आकर्षक डिजाइन, १४ इन्चको रिम, ० देखि ६० किमी प्रतिघण्टा स्पीड ७.६ सेकेन्डमै लिन सक्ने क्षमता, प्युल लिड वजरलगायतका विशेषता समेटिएका कारण यो मोडल प्रतिस्पर्धी ब्रान्डभन्दा फरक र उत्कृष्ट रहेको दाबी गरिएको छ ।

हिरो मोटोकर्पले ग्राहकको विश्वास र चाहनालाई ध्यानमा राख्दै निरन्तर नयाँ मोडल बजारमा ल्याउने प्रतिबद्धता जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
518SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?