National life

“हुन्डाई असर अगस्ट” योजना सुरुः गाडी खरिदमा ८ लाखसम्म छुट,तीन वर्षको वारेन्टी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ साउन २०८२, बुधबार
609Shares
“हुन्डाई असर अगस्ट” योजना सुरुः गाडी खरिदमा ८ लाखसम्म छुट,तीन वर्षको वारेन्टी
ncell

काठमाडौँ। लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले “हुन्डाई असर अगस्ट” योजना सुरु गरेको छ । यसमा ग्राहकहरूले विभिन्न आकर्षक नगद छुट तथा विशेष लाभहरूको फाइदा लिन सक्नेछन् ।

आजदेखि २५ गतेसम्म सञ्चालन हुने यस योजना काठमाडौँको भृकुटीमण्डपमा आयोजना भइरहेको नाइमा मोबिलिटी एक्स्पो २०८२ सँगै सञ्चालन हुनेछ । हुन्डाईको स्टल नम्बर एल४ रहेको लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसयोजना अन्तर्गत ग्राहकहरूले हुन्डाईका गाडी खरिद गर्दा ८ लाख रुपैयाँसम्मको नगद छुट, एक वर्षको निःशुल्क बीमा र विशेष छुटहरू प्राप्त गर्नेछन् । यसका साथै सबै हुन्डाई गाडीमा तीन वर्षको वारेन्टी पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ।

साथै, “हुन्डाई असर अगस्ट” योजनाको बम्पर पुरस्कारका रूपमा एक जोडीलाई भियतनाम भ्रमण रहेको छ । विजेता जोडीको तीन रात चार दिनको खर्च कम्पनीले बेहोर्नेछ ।

नाइमा मोबिलिटी एक्स्पो अवधिमा हुन्डाई गाडी खरिद गर्ने ग्राहकहरू यो लक्की ड्रमा स्वतः सहभागी हुनेछन् । यसका अतिरिक्त, स्टलमा गाडी बुक गर्ने ग्राहकहरू दैनिक विशेष उपहारहरूको लागि छनौट हुनेछन् । दैनिक उपहारहरूमा बोस वासिङ मेसिन ह्याम्पर पनि समावेश गरिएको छ ।

हुन्डाईले आफ्नो ग्राण्ड आई १० एनआईओएस, भेन्यू, क्रेटा इलेक्ट्रिक, क्रेटा आइसीई र आयोनिक ५ जस्ता आधुनिक मोडलहरूसँग नेपाली बजारमा डिजाइन र प्रविधिमा निरन्तर अगाडि बढिरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
609SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?