National life
cg eloctronics

होण्डाद्वारा ३-दिने निःशुल्क सर्भिस क्याम्प तथा सेफ्टी रिकल कार्यक्रम

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२६ जेठ २०८२, सोमबार
631Shares
होण्डाद्वारा ३-दिने निःशुल्क सर्भिस क्याम्प तथा सेफ्टी रिकल कार्यक्रम
muktinatha bikash bank

काठमाडौं । नेपालका लागि होण्डा गाडीको आधिकारिक बिक्रेता, स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि. ले ग्राहक केन्द्रित सेवालाई प्राथमिकता दिँदै विशेष ३ दिने निःशुल्क सर्भिस क्याम्प आयोजना गर्ने भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

काठमाडौँ, ललितपुर, भक्तपुर लगायतका सहरहरूलाई लक्षित गर्दै यही मिति २०८२ जेष्ठ २७ देखि २९ गतेसम्म ललितपुरको धोबीघाटस्थित होण्डा सर्भिस सेन्टरमा सञ्चलन हुने उक्त क्याम्पमार्फत सेवा तथा सुरक्षाको थप सुनिश्चितता प्रदान गर्ने कम्पनीको उद्देश्य रहेको छ।

क्याम्प अन्तर्गत २००१ देखि २०१४ मोडलसम्मका कम्पनीद्वारा तोकिएका गाडीहरूमा होण्डा सेफ्टी रिकल कार्यक्रम अन्तर्गत निःशुल्क एयर ब्याग परिवर्तन गरिनेछ। साथै, ग्राहकहरूले विभिन्न सेवा सुविधाहरूमा विशेष छुट पनि प्राप्त गर्न सक्नेछन्, जसअन्तर्गत लेबर चार्जमा १०%, पाट्र्समा ७%, ल्युब्रिकेन्टमा ५%, ए.सी. रिफिलमा २०% र डेन्ट–पेन्ट सेवामा १०% छुट प्रदान गरिनेछ। यसैगरी HDS Scan सेवा समेत निःशुल्क उपलब्ध गराइनेछ।

everest bank

कम्पनीले भविष्यमा पनि आफ्ना ग्राहकहरूलाई यस्ता सुविधायुक्त कार्यक्रममार्फत उत्कृष्ट सेवा प्रदान गर्न निरन्तर काम गर्ने प्रतिबद्धता जनाएको छ। अतः सम्पूर्ण होण्डा ग्राहकहरूलाई यो अवसरको भरपुर लाभ लिन स्याकार ट्रेडिङ्ग कम्पनी हार्दिक अनुरोध गर्दछ।

यो समाचार शेयर गर्नुहोस्
631SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?