National life

होण्डा डिओ १२५ले ज्याङला पासमा बनायो नयाँ कीर्तिमान, बन्यो ५३०० मिटर उचाइ चुम्ने नेपालको पहिलो स्कुटर

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ साउन २०८२, बिहिबार
432Shares
होण्डा डिओ १२५ले ज्याङला पासमा बनायो नयाँ कीर्तिमान, बन्यो ५३०० मिटर उचाइ चुम्ने नेपालको पहिलो स्कुटर
ncell

काठमाडौँ । नेपालमा पहिलो पटक होण्डा डिओ १२५ स्कूटरले उपल्लो डोल्पाको ज्याङला पास पुगेको छ । ५३०० मिटरको उचाइ रहेको उक्त पास पुग्दै स्कुटरले कीर्तिमान् बनाएको हो । यो साहसिक यात्रा नेपाल एट्थ वन्डर टोलीले स्याकार ट्रेडिङ कम्पनी प्रा।लि।को सहकार्यमा सम्पन्न भएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

शहरी यात्राका लागि बनाइएको यो स्कूटरले कठिन हिमाली भूपरिधि र दुर्गम मार्गहरू पार गर्दै ज्याङला पाससम्मको यात्रा कुनै ठूलो यान्त्रिक समस्या बिना पूरा गरेको हो । काठमाडौंबाट डोल्पा हुँदै ज्याङला पाससम्मको मार्गमा लगातार उकालो, ढुंगे बाटो, खोला र बगर पार गर्नुपरेको स्याकार ट्रेडिङले जनाएको छ । उचाइमा पुग्दै गर्दा अक्सिजनको कमी अर्काे चुनौती बनेर आएको कम्पनीले जनाएको छ ।

स्याकार ट्रेडिङका अनुसार होण्डा डिओ १२५ मा समावेश १२३.९२ सीसी बीएस सिक्स इन्जिन, ईन्ह्यान्स्ड स्मार्ट पावर (ईएसपी), कम्बाइन्ड ब्रेकिङ सिस्टम (सीबीएस), डिजिटल मिटर, यूएसबी चार्जिङ पोर्ट लगायतका सुविधाहरूले यो चुनौतीपूर्ण यात्रा सहज बनाएको हो । टेलिस्कोपिक फ्रन्ट र थ्री-स्टेप एड्जस्टेबल रियर सस्पेन्सनले पनि स्कूटरको स्थिरता र आराममा योगदान दिएको कम्पनीले बताएको छ।

नेपाल एट्थ वन्डर टोलीले यो यात्रा केवल स्कुटरको क्षमता परीक्षण मात्र नभएर सही योजना, समर्पित टोली र भरपर्दो सवारी साधन भएमा कुनै पनि दुर्गम गन्तव्य पुग्न सकिने प्रेरणा दिन सफल भएको बताएका छन् ।

स्याकार ट्रेडिङ ५७ वर्षदेखि जापानको होण्डा मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक हो। कम्पनीले भविष्यमा पनि नेपाली भौगोलिक र वातावरणीय अवस्थालाई मध्यनजर गर्दै गुणस्तरीय सवारी साधन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
432SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?