काठमाडौँ । नेपालका लागि होन्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले हिन्दूहरूको महान् चाड दशैंको अवसर पारेर आफ्ना ग्राहकहरूका लागि आकर्षक योजना “चंगा उड्छ फरर, होन्डा कारमा सरर” सार्वजनिक गरेको छ ।
“यो दशैं Best Value रोज्नुहोस्“ भन्ने नाराका साथ ल्याइएको यो योजना मिति २०८२ भदौ ७ गतेदेखि २०८२ कार्तिक १४ गतेसम्म नेपाल अधिराज्यभरका सबै होन्डा शोरूमहरूमा लागू हुनेछ । यस योजनाको मुख्य उद्देश्य चाडपर्वको समयमा गाडी खरिद गर्न चाहने ग्राहकहरूलाई उत्कृष्ट मूल्य र सेवा प्रदान गर्नु रहेको छ ।
यस योजना अन्तर्गत ग्राहकहरूले होन्डा कारको खरिदमा विभिन्न आकर्षक सुविधाहरू प्राप्त गर्न सक्नेछन्।
यसबाहेक, ग्राहकहरूले हरेक गाडीको खरिदमा निःशुल्क एसेसरिज, २ वर्षको इन्जिन वारेन्टी, र एक पटकको लागि निःशुल्क रोडसाइड असिस्टेन्स जस्ता थप सुविधा पनि प्राप्त गर्नेछन्। यी सबै अफरहरूले ग्राहकहरूलाई होन्डा गाडीको स्वामित्व ग्रहण गर्दा पूर्ण मानसिक शान्ति र उत्कृष्ट अनुभव प्रदान गर्ने कम्पनीले विश्वास लिएको छ। यो योजना होन्डाका लोकप्रिय मोडेलहरू जस्तै होन्डा सिटी, सिटी ईःएचईभी, एलिवेट, अमेज, र सिटी फिफ्थ जेनेरेसन लगायतका गाडीहरूमा उपलब्ध हुनेछ।
स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. नेपालमा होन्डा ब्रान्डको सबैभन्दा विश्वसनीय नाम हो। विगत लामो समयदेखि नेपाली बजारमा उच्च गुणस्तरीय गाडी र उत्कृष्ट ग्राहक सेवा प्रदान गर्दै आएको यस कम्पनीले आफ्ना ग्राहकहरूको विश्वास जित्न सफल भएको छ। स्याकार ट्रेडिङ्गले आफ्ना ग्राहकहरूलाई सधैं नवीन र आकर्षक योजनाहरू प्रदान गर्दै आइरहेको छ र यो दशैं योजना पनि त्यसैको एक निरन्तरता हो ।



































