काठमाडौं । यामाहा नेपालले आफ्नो ७०औं वार्षिकोत्सवको अवसरमा राष्ट्रव्यापी एक्सचेन्ज अफर ल्याएको छ । कम्पनीले असार २५ देखि ३२ गतेसम्म देशभरका यामाहा शोरूमहरूमा यो एक्सचेन्ज इभेन्ट सञ्चालन गर्ने जानकारी दिएको छ ।
यस अफरअन्तर्गत ग्राहकहरूले अधिकतम ७ हजारसम्म नगद छुट प्राप्त गर्न सक्नेछन्। साथै ७.९९ प्रतिशत ब्याजदरमा ईएमआई सुविधा पनि उपलब्ध छ।
अन्य अफरहरूमा कुनै पनि ब्रान्डको बाइक वा स्कुटरमा न्यूनतम २५ हजार रुपैयाँ को मूल्यांकन, थप १० हजार रुपैयाँ सम्मको मूल्यांकन बोनस, लचिलो फाइनान्स सुविधा र २ वर्षसम्मको ट्याक्स फ्री राइड अफर समावेश छन्।
यस अफरसँग सम्बन्धित धारणा राख्दै एमएडब्लू राइड्सका कार्यकारी निर्देशक तथा सीइओ दीपक कुमार अग्रवालले यामाहाको ७०औं वार्षिकोत्सव समयको मात्र होइन, प्रविधि र ग्राहक विश्वासको यात्रा पनि भएको उल्लेख गरे। उनले ग्राहकलाई यामाहाको अनुभव अझ सहज र पहुँचयोग्य बनाउन यो क्याम्पेन ल्याइएको बताए।
यामाहा नेपालले स्कुटरदेखि विभिन्न प्रकारका मोटरसाइकलहरू बजारमा ल्याउँदै आएको छ। कम्पनीले अत्याधुनिक प्रविधि, बलियो बिक्रीपछिको सेवा र देशव्यापी नेटवर्कमार्फत नेपाली दुईपाङ्ग्रे सवारी साधन बजारमा आफ्नो उपस्थिति मजबुत बनाएको छ।



































