National life

८० लाख मूल्यको कार चोरेर भागिरहेका युवाको जब सकियो पेट्रोल तब प्रहरी फन्दामा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०२ फागुन २०८१, शुक्रबार
633Shares
८० लाख मूल्यको कार चोरेर भागिरहेका युवाको जब सकियो पेट्रोल तब प्रहरी फन्दामा
ncell

काठमाडौँ । विराटनगरमा रहेको एक शोरुमबाट कार चोरी भएको  छ। कारको ढोका फुटाएर चोरिएको कार सुनसरीको छिटाहाबाट नियन्त्रणमा लिइएको हो।

हाल चोरी गरिएको उक्त कार प्रहरीले नियन्त्रणमा रहेको छ । साथै चोरीमा संलग्न भएको आरोपमा १ जना पक्राउ परेका छन् । 

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
प्रहरीका अनुसार विराटनगरको एयरपोर्ट मोडको पूजा इन्टरनेट प्रालिको कार राति करिब २ बजेतिर चोरी भएको भएको थियो । चाबी घर्रामा राखिएको अवस्थामा त्यही चाबी लिएर चोरले गाडी लिएर फरार भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

शोरुम काठमाडौँको शाखा भएको समेत प्रहरीले जनाएको छ। चोरी भएको गाडी  तेल सकिएर रोकेर राखिएको अवस्थामा नेपाल भारत सीमा क्षेत्र सुनसरीको छिटाहाबाट  नियन्त्रणमा प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुनसरीको गढी गाउँपालिका–४ का २४ वर्षीय मन्तोष कुमार बिन कार चोरीको घटनामा पक्राउ परेका छन्। प्रहरीका अनुसार उनले शोरुमबाट चोरी गरेको नयाँ गाडी भारत तर्फ लैजान खोजेका थिए । तर, पेट्रोल सकिएकै कारण अघि बढ्न नसक्दा उनी पक्राउ परेका हुन् ।

८० लाख बराबरको मूल्य रहेको कार किन र कहाँ लैजानका लागि लगिएको हो भन्ने बारेमा अनुसन्धान थालिएको छ । यो घटनामा अप्रत्यक्ष रूपमा अन्य मानिसको समेत संलग्नता हुन सक्ने प्रहरीको अनुभव छ। मन्तोष कुमार पेट्रोलको खोजीमा रहेको बेला प्रहरीले नियन्त्रणमा लिएको हो ।

यो समाचार शेयर गर्नुहोस्
633SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?