National life
cg eloctronics

एमजीले अन्तर्राष्ट्रिय बजारमा यु९ मोडल ल्याउँदै

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ जेठ २०८२, आइतबार
399Shares
एमजीले अन्तर्राष्ट्रिय बजारमा यु९ मोडल ल्याउँदै
ncell

काठमाडौँ । एमजीको नयाँँ ट्युब मोडल यु९ अन्तर्राष्ट्रिय बजारमा आउने भएको छ । एमजीको ट्युब मोडल यु९ ले अष्ट्रेलियामा डिजाइन अनुमति पाएको हो ।

अस्ट्रेलियामा आफ्नो डिजाइन अनुमति प्राप्त गरेसँगै एमजीको ‘लाइन अप’मा नयाँ मोडल थपिएको हो । २०२५ को चौथो त्रैमासमा अष्ट्रेलियामा यो गाडी लन्च हुने तय भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । सार्वजनिक भए अनुसार यू९ मोडल दुई भेरियन्टमा उपलब्ध हुने छन् । दुवै भेरियन्टको नाम भने अहिलेसम्म खुलाइएको छैन ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यी दुवै भेरियन्टमा २.५ लिटरको चार सिलिन्डर टर्बो डिजेल इन्जिन हुनेछ । ८ स्तरको आटोमेटिक गियर बोक्स र आटोमेटिक चार ड्राइभ प्रणाली भएको यो गाडी फोर्ड रेन्जर भन्दा लामो र चौडा छ । यसको लम्बाई ५५०० मिलिमिटर, चौडाइ १९९७ मिलिमिटर र उचाइ १८६० मिलिमिटर छ ।

यसमा ड्राइभरको लागि मास्याजिङ बेञ्जिन, स्टोरेज र चालकको लागि फ्लेक्सिबल सिट, जीबिएल साउन्ड सिस्टम जस्ता विशेषता छन् ।

अहिले यो गाडी डिजेल इन्जिनमा आउने र भविष्यमा प्लग इन हाइब्रिड विकल्पमा पनि आउन सक्ने बताइन्छ । अन्तर्राष्ट्रिय बजारमा यो मोडल आउँदा एमजीले नयाँ उचाई कायम गर्ने विश्वास गरिएको छ ।

उपभोक्तालाई रोजाइमा थप सहजता प्रदान गर्ने र गुणस्तरीय तथा किफयती सेवा उपलब्ध गराउन एमजीको नयाँ मोडलले थप विश्वास जित्ने बताइएको छ ।

नेपालमा पारामाउण्ट मोटर्सले एमजीका गाडीको आयात तथा बिक्रीवितरण गर्दै आएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
399SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?