काठमाडौं, नेपाल —CG मोटर्सले Geely Auto Group सँगको सहकार्यमा नेपालको नम्बर १ इलेक्ट्रिक पिकअप Riddara RD6 का लागि नयाँ आकर्षक अफर सार्वजनिक गरेको छ। अब ग्राहकहरूले मात्र रु. ९.९९ लाख डाउन पेमेन्टमै यो अत्याधुनिक EV पिकअप आफ्नो बनाउन सक्नेछन्। यस अफरमार्फत, CG मोटर्सले विद्युतीय मोबिलिटीलाई अझै पहुँचयोग्य, विश्वासिलो, र सुविधा सम्पन्न बनाउने उद्देश्यलाई थप मजबुत बनाएको छ।
https://www.youtube.com/watch?v=k-q95MrEoVQ
Riddara RD6 2WD मा ६३ kWh क्षमताको ब्याट्री, २०० kW पावर, र ३८५ Nm टर्क दिने सिंगल इलेक्ट्रिक मोटर जडान गरिएको छ, जसले ३७७ किमी (NEDC) को ड्राइभिङ रेन्ज प्रदान गर्छ। Geely को MAP प्लेटफर्ममा आधारित यो पिकअपमा Independent Suspension जडान गरिएको छ, जसले नेपाली सडकमा अझै आरामदायी र स्थिर यात्रा सुनिश्चित गर्छ।
यसमा १२०० लिटर क्षमताको कार्गो बेड, ७० लिटरको फ्रन्ट ट्रंक, र V2L (Vehicle-to-Load) प्रविधि जडान गरिएको छ, जसले गाडीमार्फत बाह्य उपकरण चार्ज गर्न सकिने सुविधा दिन्छ। साथै, Comfort, Economy, Off-road जस्ता ३ ड्राइभ मोड, 360 Degree क्यामेरा, म्याट्रिक्स LED हेडलाइट, र ६६% हाई स्ट्रेन्थ स्टीलले बनेको मजबुत बडी यो गाडीका थप विशेषता हुन्।
यस विशेष योजनाअन्तर्गत ग्राहकहरूले:
सुलभ चार्जिङ र सेवाका लागि:
चीनका अग्रणी अटोमोबाइल कम्पनीमध्ये एक Geely द्वारा निर्माण गरिएको Riddara RD6 अहिले चीनमै EV पिकअप सेग्मेन्टको अगुवा ब्रान्डको रूपमा स्थापित भइसकेको छ। अब नेपालमा पनि व्यक्तिगत तथा व्यवसायिक प्रयोगका लागि यो एक स्मार्ट, टिकाउ, र भविष्यमुखी विकल्प बनेको छ।



































