National life

हवाई भाडा  ६ प्रतिशतसम्मले बढ्दै

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०१ साउन २०८०, सोमबार
544Shares
हवाई भाडा  ६ प्रतिशतसम्मले बढ्दै
ncell
काठमाडौं । हवाई भाडा  ६ प्रतिशतसम्मले बढ्ने भएको छ । आन्तरिक राजस्व विभागले हवाई यातायात सेवामा लाग्ने मूल्य अभिवृद्धि कर (भ्याट) आज साउन १ गतेदेखि कार्यान्वयनमा ल्याएसँगै भाडादर समेत बढ्ने भएको हो ।
सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमा हवाई यातयाात सेवालाई अनिवार्य रूपमा मूल्य अभिवृद्धि करमा दर्ता हुनुपर्ने व्यवस्था गरेको छ । जसअनुसार विभागले आजदेखि भ्याट वृद्धि लागू गरेपछि नेपाल वायुसेवा सञ्चालक सङ्घले प्रेस विज्ञप्ति जारी गर्दै आजदेखि लागू हुनेगरी मूल्य अभिवृद्धि कर उठाउने जनाएको छ ।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आन्तरिक हवाई सेवा प्रदायकले प्रदान गर्ने सेवाको हवाई टिकटमा मूल्य अभिवृद्धि कर पनि लागू हुने यसअघि नै विभागले प्रष्ट पारिसकेको थियो । सोही अनुसार हवाई भाडा वृद्धि गर्न लागिएको संघको विज्ञाप्तीमा उल्लेख छ ।
“सरकारबाट बजेट वक्तव्यमार्फत अनिवार्य गरेको उक्त व्यवस्था अनुसार यस सङ्घमा आवद्ध सम्पूर्ण वायुसेवा कम्पनीले आजदेखि लागू हुने गरी हवाई भाडा दरमा नै समावेश गरी मूल्य अभिवृद्धि कर उठाइने व्यहोरा जानकारी गराइन्छ”, विज्ञप्तिमा भनिएको छ ।
     एयरलाइन्सले मूल्य अभिवृद्धि कर उठाएसँगै आन्तरिक उडानको हवाई भाडा केही वृद्धि हुने एयरलाइन्सले जनाएका छन् । यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार आन्तरिक उडानको हवाई भाडा ६ प्रतिशतसम्म बढ्नेछ ।  “इन्धन र विमानस्थल कर पनि भ्याटसहितको लिने गरिएको छ, यसमा थप अतिरिक्त शुल्क लाग्दैन”, प्रवक्ता बर्तौलाले भने।
अन्तर्राष्ट्रिय हवाई यातायात सेवाको हकमा नेपालबाट प्रस्थान गर्ने यात्रुको टिकटमा उल्लेखित गन्तव्य स्थानसम्मको हवाई टिकटको मूल्यमा मूल्य अभिवृद्धि कर लाग्नेछ । अन्तर्राष्ट्रिय उडानको हवाई टिकट नेपालभित्र वा नेपाल बाहिर जुनसुकै माध्यमबाट जारी वा खरिद गरे पनि एयरलाइन्स कम्पनीले सो हवाई टिकटको मूल्यमा मूल्य अभिवृद्धि कर लगाउन विभागले भनेको छ ।
विभागले हवाई यातायात सेवामा आर्थिक ऐन, २०८० बाट मूल्य अभिवृद्धि कर लाग्ने भएकोले २० लाखभन्दा माथिको कारोबार नाघेको मितिले ३० दिनभित्र कारोबार दर्ता गरिसक्नुपर्ने सूचनामा उल्लेख गरेको छ । हवाई यातायात सेवा प्रदायकले पनि ऐन बमोजिम मूल्य अभिवृद्धि करमा दर्ताको लागि दरखास्त दिनु पर्ने विभागले जारी गरेको सूचनामा उल्लेख छ ।
यो समाचार शेयर गर्नुहोस्
544SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?