National life

विधेयक फिर्ताको माग गर्दै उड्डयन प्राधिकरणमा कर्मचारीको तालाबन्दी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१४ वैशाख २०८२, आइतबार
757Shares
विधेयक फिर्ताको माग गर्दै उड्डयन प्राधिकरणमा कर्मचारीको तालाबन्दी
ncell

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामक निकायका रूपमा छुट्याउने दुई विधेयक फिर्ता लिन माग गर्दै कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।

नागरिक उड्डयन प्राधिकरण आधिकारिक ट्रेड युनियनले प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र सञ्चालक समितिको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।

उनीहरूले प्राधिकरण विधेयक फिर्ता माग राख्दै तालाबन्दी गरेको जनाएका छन् । सोही क्रममा उनीहरूले ‘हवाई माफिया होसियार, प्राधिकरण विधेयक फिर्ता गर’ जस्ता नारा लगाएका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यी दुवै विधेयक संसदमा दर्ता गरिसकेको छ । जसमा प्राधिकरणको विद्यमान् संरचनालाई हवाई सेवा प्राधिकरण र नागरिक उड्डयन प्राधिकरणका रूपमा छुट्याउने उल्लेख छ । कर्मचारीले प्राधिकरण छुट्याउन नहुने माग राख्दै आएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
757SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?