काठमाण्डौ । अन्तर्राष्ट्रिय उडान हुननसकेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको सिचुआन एअरलाइन्सले आज चार्टर्ड उडान गरेको छ ।
पोखरामा पर्सि शनिवार हुने तेस्रो संस्करणको ुक्रस कन्ट्री दौडु मा सहभागी हुने चिनियाँ खेलाडी, प्रतिनिधि, दर्शक र पाहुनासहित १ सय २० जना बोकेर सिचुवानको जहाज पोखरामा अवतरण भएको हो ।
गएको वर्ष पनि सिचुआनले पोखरामा उडान गरेको थियो । कुमनिङबाट आएको जहाज फेरि कुमनिङ नै फर्किएको छ ।
२०७९ सालको पुस १७ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्नुभएको थियो । तर अहिलेसम्म फाट्टफुट्ट चार्टर्ड उडानबाहेक अन्तर्राष्ट्रिय उडान भएको छैन ।
अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक उडान मात्रै भइरहेको छ ।
































