National life

पोखराबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुने, टिकट बुकिङ खुला

यो विमानस्थललाई पोखराको महत्वपूर्ण गौरवपूर्ण परियोजनाका रूपमा लिइन्छ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|२८ जेठ २०८३, बिहिबार
1.4kShares
पोखराबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुने, टिकट बुकिङ खुला
ncell

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्सको दुबई सहरका लागि नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान सुरु हुने भएको छ। आगामी २३ सेप्टेम्बर २०२६ देखि सेवा सञ्चालन हुने बताइएको छ र सो उडानका लागि टिकट बुकिङ खुला गरिएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन १ जनवरी २०२३ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका थिए। करिब पाँच दशकको लामो प्रतीक्षा, स्थानीय दबाब, पर्यटन व्यवसायीहरूको पहल तथा विभिन्न चरणका संघर्षपछि निर्माण सम्पन्न भएको यो विमानस्थललाई पोखराको महत्वपूर्ण गौरवपूर्ण परियोजनाका रूपमा लिइन्छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

विमानस्थल सञ्चालनमा आएपछि केही चार्टर उडानहरू भए पनि नियमित अन्तर्राष्ट्रिय व्यावसायिक सेवा सुरु हुन सकेको थिएन। यस अवधिमा चीन र भुटानका गन्तव्यमा सीमित चार्टर उडान सञ्चालन भएका थिए भने भारततर्फ एक पटक मेडिकल इमर्जेन्सीका लागि हवाई एम्बुलेन्स उडान गरिएको थियो।

नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा विमानस्थलको पूर्ण उपयोगबारे विभिन्न प्रश्नहरू उठ्दै आएका थिए। तर अब दुबईसँगको सीधा हवाई सम्पर्क सुरु हुने भएपछि विमानस्थलले आफ्नो उद्देश्यअनुसार सेवा विस्तार गर्न लागेको मानिएको छ।

पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष पोम नारायण श्रेष्ठले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई दशकौँको सपना र संघर्षको परिणामका रूपमा वर्णन गर्दै नियमित उडान सुरु हुनु ऐतिहासिक उपलब्धि भएको बताए।

उनका अनुसार दुबई उडानले पोखरा, गण्डकी प्रदेश तथा समग्र देशको पर्यटन, व्यापार र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

यस उडानमार्फत वैदेशिक रोजगारीमा जाने यात्रु तथा पर्यटकहरूका लागि सहज आवागमन हुने मात्र होइन, दुबई हुँदै विश्वका विभिन्न गन्तव्यमा पहुँच पनि सहज हुने विश्वास व्यक्त गरिएको छ।

पोखराबाट सुरु हुने यो नियमित अन्तर्राष्ट्रिय सेवा पोखराको वैश्विक पहिचान विस्तार गर्ने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?