National life

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा नयाँ अध्याय: दुबईसँग प्रत्यक्ष हवाई सम्पर्क

फ्लाई दुबईले सेप्टेम्बर २३ देखि दैनिक सेवा सुरु गर्ने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|२७ जेठ २०८३, बुधबार
1.4kShares
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा नयाँ अध्याय: दुबईसँग प्रत्यक्ष हवाई सम्पर्क
ncell

गण्डकी । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट दुबईसम्म सिधा उडान सेवा सुरु हुने भएको छ । फ्लाई दुबईले आगामी सेप्टेम्बर २३ देखि दुबई–पोखरा–दुबई रुटमा दैनिक उडान सञ्चालन गर्ने अनुमति प्राप्त गरेको छ ।

पोखरा अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धकका अनुसार उक्त उडान तालिका स्वीकृत भइसकेको छ र निर्धारित मितिबाट नियमित सेवा सुरु हुनेछ । उडानअघि कम्पनीको प्राविधिक टोलीले विमानस्थलको सुरक्षा, सेफ्टी तथा सञ्चालन प्रणालीको विस्तृत निरीक्षण समेत सम्पन्न गरिसकेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पोखरामा अन्तरराष्ट्रिय वायुसेवा विस्तारका लागि कूटनीतिक पहल गर्ने घोषणा गरेको केही समयमै यो प्रगति भएको हो । यसलाई पोखरालाई अन्तरराष्ट्रिय उडान सञ्जालमा जोड्ने महत्वपूर्ण उपलब्धिको रूपमा हेरिएको छ ।

पोखरा महानगरपालिकाले पनि यसलाई केवल उडान सेवा विस्तार नभई पर्यटन प्रवर्द्धन, आर्थिक गतिविधि विस्तार तथा काठमाडौँ केन्द्रित हवाई चाप घटाउने अवसरका रूपमा व्याख्या गरेको छ । दुबईसँग प्रत्यक्ष हवाई सम्पर्क स्थापित भएपछि मध्यपूर्व, युरोप र अफ्रिकाका सयौं सहरसम्म पहुँच विस्तार हुने अपेक्षा गरिएको छ ।

हालसम्म पोखराबाट नियमित अन्तरराष्ट्रिय उडान हुन नसकेको अवस्थामा यो सेवा महत्वपूर्ण मोड बन्ने विश्वास गरिएको छ । झण्डै २२ अर्ब रुपैयाँ लागतमा निर्माण गरिएको विमानस्थल हाल आन्तरिक उडानमा मात्र सीमित छ ।

यसअघि हिमालय एयरलाइन्सले पोखरा–ल्हासा उडान सुरु गरे पनि त्यो दीर्घकालीन रूपमा सञ्चालनमा रहन सकेन । पर्यटन व्यवसायीहरू भने पोखराबाट नियमित अन्तरराष्ट्रिय उडान विस्तार हुने अपेक्षामा छन् ।

व्यवसायीहरूले आवश्यक नीतिगत सहजीकरण, छिमेकी मुलुकका प्रमुख सहरमा उडान अनुमति तथा स्वदेशी एयरलाइन्सलाई अन्तरराष्ट्रिय उडानमा प्रोत्साहन गर्नुपर्ने माग राख्दै आएका छन् । हाल पोखराबाट काठमाडौँ, भरतपुर र भैरहवाजस्ता गन्तव्यमा आन्तरिक उडान सञ्चालन भइरहेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?