National life

पोखरा विमानस्थल भ्रष्टाचारमा अख्तियारको अर्को कारबाही: २१ जनाविरुद्ध मुद्दा दायर

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|१० चैत २०८२, मङ्गलबार
657Shares
पोखरा विमानस्थल भ्रष्टाचारमा अख्तियारको अर्को कारबाही: २१ जनाविरुद्ध मुद्दा दायर
ncell

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग (CIAA) ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यमा भ्रष्टाचार भएको ठहर गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालिन सचिव केदारबहादुर अधिकारी सहित २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

मुद्दा दायर गरिएकाहरूमा नागरिक उड्डयन प्राधिकरणका तीन जना पूर्व महानिर्देशक, उच्चस्तरीय अधिकारीहरू, परामर्शदाता संस्था र निर्माण कम्पनीसमेत समावेश छन्। अख्तियारले ठेकेदार कम्पनी चाइना सीएमसी इन्जिनियरिङ कम्पनी लिमिटेड र परामर्शदाता ERMC, A(NAT, Salt JV) विरुद्ध पनि सार्वजनिक सम्पत्ति क्षति पुर्‍याएको आरोप लगाएको छ।

पोखरा विमानस्थलसँग सम्बन्धित अख्तियारद्वारा दायर गरिएको यो दोस्रो मुद्दा हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
पहिलेको मुद्दामा करिब ८ अर्ब रुपैयाँ बिगो दावी गर्दै ५४ जनालाई प्रतिवादी बनाएर दायर गरिएको थियो, जुन हाल पनि अदालतमा विचाराधीन छ।

अख्तियारको यो कदमले सरकारी विमानस्थल निर्माण परियोजनामा वित्तीय पारदर्शिता र उच्च अधिकारीहरूको जवाफदेहिता सुनिश्चित गर्न थप दबाब सिर्जना गरेको छ।

https://drive.google.com/file/d/1QlNku2g8fPOAqdQ9VFU8T4O09dRYoFu2/view?usp=sharing

यो समाचार शेयर गर्नुहोस्
657SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?