National life

निजी वायुसेवा कम्पनी बुद्ध एयरले घटायो रात्रिकालीन उडानको भाडादर

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ कात्तिक २०८१, मङ्गलबार
808Shares
निजी वायुसेवा कम्पनी बुद्ध एयरले घटायो रात्रिकालीन उडानको भाडादर
ncell

काठमाडौं । निजी वायुसेवा कम्पनी बुद्ध एयरले रात्रिकालीन उडानको भाडा घटाएको छ । रात्रि उडानलाई सहज बनाउँदै बुद्ध एयरले विभिन्न गन्तव्यको भाडादर बिहान, दिउँसोको दाँजोमा घटाएको हो ।

पोखराका लागि ५ सय रुपैयाँ, भद्रपुर तथा नेपालगञ्जका लागि १ हजार रुपैयाँ र जनकपुरधामका लागि ८ सय रुपैयाँ भाडा घटाइएको कम्पनीले जनाएको छ ।

यस्तै काठमाडौं विमानस्थलको स्तरोन्नति तथा सीमित उडानले बुद्ध एयरले भैरहवा तथा पोखराबाट अतिरिक्त उडान समेत सुरु गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

काठमाडौं वा पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि भैरहवा आउजाउ गर्ने यात्रुलाई बुद्ध एयरले हरेक फेयरमा २५ केजी लगेज पनि छुट दिएको बताएको छ ।

यो समाचार शेयर गर्नुहोस्
808SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?