National life

नागरिक उड्डयन प्राधिकरण २७ औँ वर्षमा प्रवेश, सेवालाई थप गुणस्तरीय बनाउने प्रतिबद्धता

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१६ पुस २०८१, मङ्गलबार
922Shares
नागरिक उड्डयन प्राधिकरण २७ औँ वर्षमा प्रवेश, सेवालाई थप गुणस्तरीय बनाउने प्रतिबद्धता
ncell

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण २६ औँ वर्षमा प्रवेश गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेयको प्रमुख अतिथ्यतामा एक कार्यक्रमको आयोजना गरि आज प्राधिकरणले आफ्नो २६ औँ वार्षिकोत्सव मनाएको हो ।

कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले पर्यटन क्षेत्रमा प्रशस्त सम्भावना भएको बताएका छन् । तर पनि उपयोग गर्न नसकिरहेको उनको भनाई छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
मन्त्री पाण्डेले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनका लागि यहाँको हवाई यातायातलाई गतिशील र सुरक्षित छ भन्ने प्रमाणित गर्नुपर्नेमा जोड दिए ।

मन्त्री पाण्डेले हवाई सेवाको औचित्य कहिल्यै समाप्त नहुने भन्दै नेपालको भौगोलिक अवस्थासँगै प्राकृतिक तथा धार्मिक क्षेत्रहरू भएकोले र पर्यटन प्रबद्धनको लागि पनि पनि हवाई यातायात एक मात्र विकल्प भएको स्पष्ट पारे ।

मन्त्री पाण्डेले प्राधिकरणको गरिमालाई थप उचाइमा पुर्याउन र थप मजबुत बनाउनका लागि आफूले सक्दो सहयोग गर्ने पनि बताए ।

कार्यक्रममा प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले २०२४ को नोभेम्बरसम्म नेपालका तीन अन्तर्राष्ट्रिय विमानस्थलहरूबाट ४४ लाख ४९ हजार १३३ जना अन्तर्राष्ट्रिय हवाई यात्रुले यात्रा गरेको बताएका छन् । वार्षिकोत्सवको उपलक्ष्यमा वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै महानिर्देशक अधिकारीले सन् २०२४ को नोभेम्बरसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमार्फत आवागमन गर्ने अन्तर्राष्ट्रिय हवाई यात्रुको सङ्ख्या कुल ४४ लाख ४९ हजार १३३ रहेको बताएका हुन् ।

उनका अनुसार गत वर्षको सोही अवधिको तुलनामा यो सङ्ख्यामा ७।०९ प्रतिशतले बढी हो । सन् २०२३ को नोभेम्बरसम्ममा तीन वटा विमानस्थलबाट आवागमन गर्ने अन्तर्राष्ट्रिय हवाई यात्रुको सङ्ख्या ४१ लाख ५४ हजार ३९३ रहेको महानिर्देशक अधिकारीले बताए

यस्तै उनले आन्तरिक उडानतर्फ पनि गत वर्षभन्दा करिब करिब १३ प्रतिशतले वृद्धि भएको बताए । सन् २०२४ को नोभेम्बरसम्म ८७ लाख ६० हजार ३०२ ले यात्रा गरेका गत वर्षको नोभेम्बरसम्म ७७ लाखले यात्रा गरेका थिए ।

नेपालबाट १६ देशका २९ वटा अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडान भइरहेको र आन्तरिकतर्फ सञ्चालन अनुमति प्राप्त जम्मा २१ वटा वायुसेवामध्ये हाल क्रियाशील वायुसेवा कम्पनीहरूको सङ्ख्या १९ रहेको महानिर्देशक अधिकारीले बताए । । जसबाट कुल ५५ बटा विमानस्थलमध्ये ३५ वटा विमानस्थलहरू आन्तरिक हवाई सेवा सञ्जालमा जोडिएको उनले बताए ।

गत वर्ष प्राधिकरणले १४ अर्ब ७१ करोड ३८ लाख आम्दानी गरेको पनि महानिर्देशक अधिकारीले बताए । सो समयमा प्राधिकरणले पुँजीगततर्फ १० अर्ब ५२ करोड ७० लाख लगानी गरेको थियो ।

यस्तै सोही समयमा प्राधिकरणको कोषबाट जम्मा ११ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ खर्च भएको छ । प्राधिकरणको गत आर्थिक वर्षको जम्मा मुनाफा ३ अर्ब ३७ करोड ७८ लाख रहेको तथ्याङ्क अधिकारीले प्रस्तुत गरेका थिए । महानिर्देशक अधिकारीले आगामी वर्ष थप जोस, जाँगर र ऊर्जाको साथ काम गर्दै प्राधिकरणले प्रदान गर्ने हवाई सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउने प्रतिबद्धता समेत व्यक्त गरे ।

कार्यक्रमकै अवसरमा प्राधिकरणले २५ वर्षसम्म प्राधिकरणमा काम गरेका कर्मचारी तथा उत्कृष्ट कर्मचारी घोषित भएका कर्मचारी, राष्ट्रिय आविष्कार केन्द्र, सबैभन्दा बढी सेवा शुल्क बुझाउने एयरलाइन्स तथा हेलिकोप्टर कम्पनीलाई सम्मान समेत गरेको थियो ।

उक्त कार्यक्रममा नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक प्रेमनाथ ठाकुर, नागरिक उड्डयन प्राधिकरण कर्मचारी टे«ड युनियनका प्रतिनिधि रतन दास, एयरलाइन्स अपरेटर एशोशिएन अफ नेपालका अध्यक्ष मनोज कार्की, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा. गणेश प्रसाद पाण्डे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

यो समाचार शेयर गर्नुहोस्
922SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?