National life

फेब्रुअरी ३ देखि भैरहवाबाट जजिरा र थाई एशियाले उडान सुरु गर्छ: महानिर्देशक अधिकारी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ माघ २०८१, बुधबार
892Shares
फेब्रुअरी ३ देखि भैरहवाबाट जजिरा र थाई एशियाले उडान सुरु गर्छ: महानिर्देशक अधिकारी
ncell

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले फेब्रुअरी ३ देखि भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिरा र थाई एशियाले उडान सुरु गर्ने बताए ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा अधिकारीले यस्तो जानकारी दिएका हुन्। उनले भैरहवाबाट अहिले पनि नेपाल एयरलाइन्स र फ्लाइ दुबईले उडान गरिरहेको बताए।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा—ल्हासा उडानका लागि हिमालय एयरलाइन्सले पहल गरिरहेको समेत अधिकारीले जानकारी दिएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
विमान उडान सञ्चालन देशको जिडिपीसँग जोडिएको हुने भन्दै स्वैच्छिक राखेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पमा अन्य विमानस्थलमा जानेको सङ्ख्या कम हुने उनको भनाई छ ।

विदेश जानेहरूका लागि ५ सय मिटरभित्रै सबै सेवा उपलब्ध गराउने प्रतिबद्धतासहित अघि बढ्न सके भैरहवा र पोखरा विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आउने बताए।

उनले भने, ‘पोखरा र भैरहवाको कुरामा अब सरकारले पनि यो कार्य योजना पास गरेर विभिन्न क्षेत्रको कार्यक्रमहरू लिएर आएको छ। यसमा हामीले पाँच वटाको फ्लाइट भयो।  अहिले त्यहाँ नेपाल एयरलाइन्स अप ग्रेट गरिरहेको छ, फ्लाइ दुबई अप ग्रेट गरिरहेको छ।

'जजिरा फेब्रुअरी ३ देखि गर्छ, थाइ एशिया फेब्रुअरी ३ देखि गर्दछ। पोखरामा हिमालयले ल्हासा गर्न सकिन्छ कि भनेर हेरिरहेको छ।' महानिर्देशक अधिकारीले भने

 

यो समाचार शेयर गर्नुहोस्
892SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?