National life

कुमारी बैंकले ल्यायो दशैं र तिहार परिवारलाई उपहार योजना, यस्ता छन् सुविधा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१५ असोज २०८०, सोमबार
421Shares
कुमारी बैंकले ल्यायो दशैं र तिहार परिवारलाई उपहार योजना, यस्ता छन् सुविधा
ncell

काठमाडौं । कुमारी बैंक लिमिटेडले नेपालीहरुको महान चाड दशैं तथा तिहारलाई लक्षित गर्दै आफ्ना बचत खाताहरुमा विभिन्न आकर्षक सुविधा प्रदान गर्ने भएको छ । यस अवसरमा बैंकले ग्राहक माझ निकै लोकप्रिय कुमारी परिवार सुरक्षा बचत खातामा थप सुविधाका साथ ‘दशैं र तिहार परिवारलाई उपहार’ योजना ल्याएको छ । २६ लाखको बीमा सुविधा अन्तर्गत परिवारका ४ जना सदस्यलाई एक लाखको मेडिकल बीमा सुविधाका साथै कुमारी परिवार सुरक्षा बचत खातामा २४ लाख सम्मको दुर्घटना बीमा तथा एक लाख सम्मको घातक रोग बीमा सुरक्षण समावेश गरिएको छ ।

साथै खाता खोलीएको पहिलो वर्षको लागि लकर सुबिधामा लकर शुल्कमा १०० प्रतिशत तथा लकर मार्जिनमा ५० प्रतिशत छुट तथा निःशुल्क डेबिट क्रेडिट कार्ड सुविधा प्रदान गर्ने छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसै अवसरमा बैंकका अन्य बचत खाताहरुमा रु २० हजार को मेडिकल बीमा सुविधा प्रदान गर्ने छ । बैंकले सानिमा जीआईसी इन्स्योरेन्स र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड सँग बीमा प्रदायक कम्पनीको रुपमा सहकार्य गर्दै आएको छ ।

विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०८ शाखा सञ्जाल, ३०९ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६४ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
421SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?

कुमारी बैंकले ल्यायो दशैं र तिहार परिवारलाई उपहार योजना, यस्ता छन् सुविधा | आर्थिक भ्वाइस | आर्थिक भ्वाइस