काठमाडौं । गरिमा विकास बैंकको संस्थापक शेयर विक्री खुला भएकाे छ । बैंकले संस्थापक समूहको ३ लाख ८२ हजार ८९२.७७ कित्ता संस्थापक शेयर सर्वसाधारणमा बिक्रीमा ल्याएको हो ।
उक्त शेयरमा संस्थापक सेयरधनीबाहेक अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन् ।
यसअघि संस्थापक शेयरधनीहरुका लागि यो शेयर बिक्रीमा राखिएको थियो । तर, तोकिएको ३५ दिनभित्र केही शेयरमा मात्र बिक्री भएकोले अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिएको बैंकले जनाएको छ ।
बैंकका अनुसार ईच्छुकले १५ दिनभित्र सेयर खरिदका लागि काठमाडौंको लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा सम्पर्क गर्नुपर्नेछ ।





































