National life

जाजरकोट भूकम्प पीडितलाई महालक्ष्मी विकास बैंकको १० लाख सहयोग

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२२ कात्तिक २०८०, बुधबार
456Shares
जाजरकोट भूकम्प पीडितलाई महालक्ष्मी विकास बैंकको १० लाख सहयोग
ncell

काठमाडौँ । महालक्ष्मी विकास बैंकले जाजरकोट, रुकुम पश्चिम र वरपरका जिल्लाका भूकम्प पीडितहरूको सहायताका लागि दश लाखको आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा रु. १० लाख सहयोग रकम प्रदान गरेको हो ।

गत शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले जाजरकोट, रुकुम पश्चिम लगायत वरपरका जिल्लामा ठुलो जनधनको क्षति भएको छ ।

Royal Enfield
nic asia capital
महालक्ष्मी विकास बैंकका सञ्चालक समितिका राजेश उपाध्याय र प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले अर्थमन्त्री प्रकाश शरण महतलाई उक्त रकम बारबारको चेक हस्तान्तरण गरेका छन् ।

बैंकले भूकम्पका कारण मृत्युवरण गर्ने नागरिकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुका साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
456SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?