National life

ज्योति विकास बैंकको आकर्षक बचत योजना सार्वजनिक, यस्ता छन् सुविधा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|११ साउन २०८०, बिहिबार
547Shares
ज्योति विकास बैंकको आकर्षक बचत योजना सार्वजनिक, यस्ता छन् सुविधा
ncell

काठमाडौं । ज्योति विकास बैंकले अतुलनीय विशेषता, निःशुल्क सुविधा र विशेष छुटसहितको ‘सुपर स्मार्ट सेभिङ्स’ बचत योजना सार्वजनिक गरेको छ । न्युनतम मौज्दात १५ रुपैयाँमा १५ महिनासम्म १५ सुविधा निःशुल्क तथा विशेष छुटसहितको निक्षेप योजना बैंकले १५औं वार्षिकोत्सवको अवसरमा सार्वजनिक गरेको हो ।

ग्राहकको आवश्यकतालाई मध्यनजर गरी ग्राहकलाई अधिकतम लाभ प्रदान गराउनुका साथै आर्थिक रुपले समृद्ध बनाउने उद्देश्यका साथ ‘सुपर स्मार्ट सेभिङ्स’ बचत खाता सञ्चालनमा ल्याइएको बैंकले जनाएको हो । यो खाताले ग्राहकलाई बचतसँगै आईपीओहरुमा लगानीको सुरुवात गर्न एकदम सहजता प्रदान गर्ने जनाइएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

हाल बजारमा उपलब्ध बचत खातामा पाइने सुविधाभन्दा यस बचत खातामा ग्राहकहरुले दोब्बर सुविधाको लाभ पाउने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यस बचत खातामा ग्राहकले न्यूनतम १५ रुपैयाँ मौज्दातमा १५ महिनासम्म निम्न १५ सुविधा निःशुल्क तथा विशेष छुटसहित पाउन सक्छन्ः

१. उच्चतम ७.५ प्रतिशत ब्याजदर

२. अन्य बैंकको एटीएमबाट महिनाको २ पटकसम्म निः शुल्क नगद निकासी

३. निःशुल्क मोबाइल बैंकिङ सेवा

४. निःशुल्क डेबिट कार्ड

५. मासिक ब्याज भुक्तानी

६. निःशुल्क डिम्याट खाता

७. निःशुल्क डिम्याट नवीकरण

८. निःशुल्क सि-आस्वा

९. निःशुल्क मेरो सेयर रजिस्ट्रेसन र नवीकरण

१०. मुद्दती खाता प्रिम्याचुरिटी शुल्कमा ५० प्रतिशत छुट

११. वार्षिक लकर सुविधामा ५० प्रतिशत छुट तथा धितो रकममा ३० प्रतिशत छुट

१२. निःशुल्क डलर कार्ड जारी

१३. एफसीवाई एक्सचेन्ज छुट/प्रिमियमः अमेरिकी, अस्ट्रेलिय, क्यानेडियन डलर, पाउन्ड स्टार्लिङ तथा युरोकोको विदेशी मुद्रा विनिमय लेनदेनमा १५ पैसाको छुट/प्रिमियम मुद्दती खाता प्रिम्याचुरिटी शुल्कमा ५० प्रतिशत छुट

१४. निः शुल्क अन-डिमान्ड खाता विवरण

१५. बेनिफिसियल अनर (डीपी सेवा) को एसटीसीमा १५ प्रतिशत छुट

सुपर स्मार्ट सेभिङ्स खाता बैंकका सम्पूर्ण १२१ शाखा र अनलाइनमार्फत पनि खोल्न सकिन्छ । ज्योति विकास बैंकले हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत सेवा उपलब्ध गराउँदै आएको छ ।

यो समाचार शेयर गर्नुहोस्
547SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?