National life

ज्योति विकास बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको लागि रु. १ करोड सहयोग

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१८ दिन अगाडि|१६ भदौ २०८३, मङ्गलबार
1.6kShares
ज्योति विकास बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको लागि रु. १ करोड सहयोग
ncell

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा त्यसबाट सिर्जित प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ५० लाख सहयोग गर्नुका साथै बाढीबाट क्षति पुगेका रसुवा, नुवाकोट र धादिङ जिल्लाका समाजिक, शैक्षिक, स्वास्थ्य लगायतका क्षेत्रहरुमा पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि समुदायस्तरमा विभिन्न कार्यक्रम अन्तर्गत चरणबद्ध रुपमा थप रु. ५० लाख सम्मको सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।

यस विनाशकारी प्राकृतिक विपत्तिमा परी अमूल्य जीवन गुमाउनु भएका सम्पूर्ण दिवङ्गत आत्माहरूप्रति ज्योति विकास बैंक परिवारले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त तथा प्रियजनहरूप्रति गहिरो समवेदना प्रकट गर्दछ। साथै, यस कठिन घडीमा विपत्तिबाट प्रभावित सम्पूर्ण परिवार तथा समुदायप्रति बैंकले आफ्नो साथ, सहानुभूति र ऐक्यबद्धता व्यक्त गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बाढी प्रभावित क्षेत्रमा प्रतिकूल परिस्थितिका बीच निरन्तर खोज, उद्धार, राहत तथा सुरक्षा कार्यमा अहोरात्र खटिनुभएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल लगायत सम्पूर्ण सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, उद्धारकर्मी, स्वयंसेवक तथा सम्बन्धित निकायहरूप्रति बैंक उच्च सम्मान प्रकट गर्दै उहाँहरूको साहस, समर्पण तथा मानवीय सेवाप्रति ऐक्यबद्धता व्यक्त गरेको छ।

ज्योति विकास बैंक विपद्का समयमा प्रभावित नागरिक तथा समुदायको साथमा उभिनु आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको महत्वपूर्ण हिस्सा रहेको विश्वास गर्दै आगामी दिनमा समेत राहत, पुनर्स्थापना तथा समुदायको दीर्घकालीन हितका कार्यमा आफ्नो सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल ११७ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?