National life

ज्योति विकास बैंकको वित्तीय सुधार, नाफा र आम्दानीमा उल्लेख्य वृद्धि

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|२१ साउन २०८३, बिहिबार
4.7kShares
ज्योति विकास बैंकको वित्तीय सुधार, नाफा र आम्दानीमा उल्लेख्य वृद्धि
ncell

काठमाडौं । ज्योति विकास बैंकले आर्थिक वर्ष २०८२/८३ मा उल्लेखनीय वित्तीय सुधार गर्दै खुद नाफा झन्डै १० गुणाले बढाएर १ अर्ब ५९ लाख रुपैयाँभन्दा बढी पुर्‍याएको छ। अघिल्लो वर्ष करिब १० करोड रुपैयाँमा सीमित नाफा यस वर्ष तीव्र रूपमा बढेको हो।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकले १० करोड २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

गत असारसम्म बैंकको खुद ब्याज आम्दानी ११.७७ प्रतिशत बढेर २ अर्ब ३४ करोड १९ लाख ७० हजार रुपैयाँ आर्जन गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अघिल्लो वर्ष बैंकले २ अर्ब ९ करोड ५३ लाख १३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

समीक्षा अवधिमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी २८ करोड ५२ लाख २४ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी २ अर्ब ८१ करोड ३५ लाख ६६ हजार रुपैयाँ र सञ्चालन नाफा १ अर्ब ७९ करोड ३७ लाख ५० हजार रुपैयाँ रहेको छ ।

बैंकको खुद ब्याज आम्दानी समेत बढेर २ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ भने सञ्चालन आम्दानी र सञ्चालन नाफामा पनि उल्लेख्य वृद्धि देखिएको छ। शुल्क तथा कमिसन आम्दानीमा समेत सुधार आएको छ।

अघिल्लो वर्ष खुद शुल्क तथा कमिसन आम्दानी १६ करोड २९ लाख ३७ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी २ अर्ब ४७ करोड ६ लाख ४४ हजार रुपैयाँ र सञ्चालन नाफा ३८ करोड ९२ लाख २१ हजार रुपैयाँ थियो ।

गत वर्ष बैंकको वितरणयोग्य नाफा १४ करोड ४३ लाख ६४ हजार रुपैयाँ रहेको छ । ४ अर्ब ३९ करोड ५७ लाख ८५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब ९७ करोड ५४ लाख ३ हजार रुपैयाँ रहेको छ ।

गत असारसम्म बैंकको निक्षेप संकलन ११.१५ प्रतिशत बढेर ६७ अर्ब २२ करोड ९२ लाख रुपैयाँ र कर्जा लगानी ८.८३ प्रतिशत बढेर ४९ अर्ब ५८ करोड ३९ लाख रुपैयाँ प्रवाह गरेको छ ।

अघिल्लो वर्षको असारसम्म बैंकले ६० अर्ब ४८ करोड २५ लाख रुपैयाँ निक्षेप संकलन गरी ४५ अर्ब २३ करोड ५० लाख रुपैयाँ कर्जा लगानी गरेको थियो । गत असारसम्म बैंकको निक्षेप कर्जा अनुपात ८१.०७ प्रतिशत रहेको छ । 

निक्षेप संकलन र कर्जा लगानी दुवैमा वृद्धि भएको छ भने खराब कर्जा अनुपात घटेको छ। नाफा बढेसँगै प्रतिसेयर आम्दानी पनि उल्लेख्य रूपमा बढेर २२ रुपैयाँ ८८ पैसा पुगेको बैंकले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
4.7kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?