National life

डिजिटल करेन्सीको बाटो खुल्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
३ महिना अगाडि|१२ जेठ २०८३, मङ्गलबार
884Shares
डिजिटल करेन्सीको बाटो खुल्यो
ncell

काठमाडौं – नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमा डिजिटल करेन्सीलाई विशेष प्राथमिकतामा परेको छ । अर्थ मन्त्रालयले सोमबार प्रतिनिधिसभामा दर्ता गरेको उक्त विधेयकमा डिजिटल करेन्सीलाई जोड दिएसँगै डिजिटल मुद्राले बैंक नोट सरह कानुनी मान्यता प्राप्त गर्ने भएको हो ।

हालसम्म ‘करेन्सी नोट’मा केन्द्रित रहेको व्यवस्थालाई परिमार्जन गर्दै अब करेन्सी शब्दभित्र बैंकबाट जारी गरिने डिजिटल करेन्सीसमेत समेटिने भएको हो । अर्थमन्त्री स्वर्णिम वाग्लेले डिजिटल करेन्सी सम्बन्धी व्यवस्था तथा नियामकीय अधिकारलाई स्पष्ट र प्रभावकारी बनाउन कानूनी सुधार आवश्यक रहेको बताएका छन् ।

करेन्सी भन्नाले नगदको रूपमा चलनचल्तीमा रहेको बैंक नोट, सिक्का तथा बैंकबाट जारी भएको डिजिटल करेन्सीलाई समेत जनाउने सो विद्येयकमा उल्लेख छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
विधेयकले पहिलोपटक ‘डिजिटल करेन्सी’लाई कानुनी परिभाषाभित्र समावेश गरेको छ।





यो समाचार शेयर गर्नुहोस्
884SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

सम्बन्धित लेख
विशेष समाचार

छुटाउनुभयो कि ?