National life

नेपाल एसबिआई बैंक र जीआईजेड नेपाल बीच सम्झौता

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|२३ माघ २०८२, शुक्रबार
976Shares
नेपाल एसबिआई बैंक र जीआईजेड नेपाल बीच सम्झौता
ncell

काठमाडौं । नेपाल एसबिआई बैंक लि. ले Sustainable Electric Transport for Nepal (SET4NPL) परियोजनासँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।

SET4NPL परियोजना Mitigation Action Facility को आर्थिक सहयोग, नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय (MOPIT) तथा Global Green Growth Institute (GGGI) को सहकार्यमा जर्मन अन्तराष्ट्रिय सहयोग संस्था (Gesellschaft für Internationale Zusammenarbeit GIZ) द्धारा सञ्चालित कार्यक्रम हो ।



SET4NPL परियोजनाले नेपालको सार्वजनिक यातायातको क्षेत्रमा विद्युतिय सवारीको प्रयोगलाई सर्वस्वीकार्य बनाउन सार्वजनिक यातायात सञ्चालकहरु तथा त्यस्ता सार्वजनिक यातायात माथि लगानी गर्ने वित्तिय मध्यस्तकर्ताहरु (हायर पर्चेज कम्पनीहरु तथा बैंक तथा वित्तिय संस्थाहरु) लाई विभिन्न किसिमका वित्तिय तथा गैर वित्तिय प्रोत्साहनहरु प्रदान गर्दछ ।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसले नेपालको सार्वजनिक यातायातलाई दिगो सुविधाजनक तथा प्रविधिमैत्री बनाउने लक्ष्य लिएको छ ।


यसका लागि आयोजनाले ३५०० विद्युतिय माइक्रोबस तथा मिनिबसहरु खरिद तथा सञ्चालन गर्न विभिन्न प्रोत्साहन प्याकेजहरु प्रदान गर्दछ । यस अन्तर्गत विद्युतिय सवारीहरुमा GPS, ई–टिकेटिङ उपकरण तथा नेटवर्किङ्ग गरि एउटा केन्द्रिय वेब पोर्टलमा आयोजना अन्तर्गतका सबै सवारीसाधनहरुलाई आवद्ध गरिनेछ ।


नेपाल एसबिआई बैंकले मध्यस्तकर्ताको भुमिका निभाइ नेपालको हरित पहलमा एक जिम्मेवार योगदान कर्ता बन्ने लक्ष्य लिएको छ । सो समझदारी पत्र बैंकका प्रमुख कर्जा अधिकृत, रोशन कोइराला र आयोजनाका तर्फबाट GIZ Nepal  मुख्य सल्लाहकार,Mr. Diego Senonor बीच आदानप्रदान भएको थियो ।


नेपाल एसबिआई बैंकले विगत ३२ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०२ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखा रहित बैंकिङ, १२७ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।



nic asia capital
यो समाचार शेयर गर्नुहोस्
976SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?