National life

नेपाल बैंकले ल्यायाे अत्याधुनिक कल सेन्टर सञ्चालनमा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|०८ असोज २०८०, सोमबार
449Shares
नेपाल बैंकले ल्यायाे अत्याधुनिक कल सेन्टर सञ्चालनमा
ncell

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्नो ग्राहक सेवा थप प्रभावकारी तथा उत्कृष्ट बनाउने उद्देश्यले अत्याधुनिक कल सेन्टर सेवा सञ्चालनमा ल्याएको छ।

सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र सेवा प्रदायक संस्था कलश सर्भिसेस प्रालिका प्रमुख कार्यकारी अधिकृत रुपेशभक्त श्रेष्ठले संयूक्त रुपमा रिबन काटि कल सेन्टरको उद्घाटन गरे।

सो कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले यस कल सेन्टरले बैंक र ग्राहकबीचको सेवालाई अझ उत्कृष्ट र सरल बनाउँदै बैंक र ग्राहकसँगको सम्बन्धलाई समयसापेक्ष, अद्यावधिक र सुमधुर बनाउन विशेष भूमिका खेल्ने बताए।

यसैगरी कलश सर्भिसेस प्रालिका प्रमुख कार्यकारी अधिकृत रुपेशभक्त श्रेष्ठले गौरवपूर्ण इतिहास बोकेको नेपालको पहिलो बैंकमा ग्राहकहरुसँग जोडिएर काम गर्न पाएकोमा खुशी व्यक्त गर्दै नेपाल बैंकको ग्राहक सेवाको उत्कृष्टताको लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

०१–५९७१२२२ नम्बर रहेको कल सेन्टरले नेपाल बैंक लिमिटेडका ग्राहकका समस्या, जिज्ञासा र कठिनाइलाई तत्काल सम्बोधन गरि समाधान गर्ने तथा वित्तीय सेवासँग सम्बन्धित समसामयिक जानकारी प्रदान गर्दै उत्कृष्ट ग्राहक सेवामा कोशेढुङ्गा सावित हुने बैंकले विश्वास लिएको छ।

नेपालभर २२८ शाखाहरु, २०४ एटीएमका साथै ५७ एक्सटेन्सन काउन्टर मार्फत करिब २३ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याइरहेको यो बैंक हाल ग्राहक सेवामा समयानुकूल आधुनिक डिजिटल बैंकिङ प्रविधि मार्फत सेवा प्रवाह गरि प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको जनाएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
449SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?