National life

प्रभु बैंकका ५ जना संस्थापक सेयरधनी बाहिरिँदै

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२३ कात्तिक २०८०, बिहिबार
564Shares
प्रभु बैंकका ५ जना संस्थापक सेयरधनी बाहिरिँदै
ncell

काठमाडौं । प्रभु बैंकबाट ५ जना संस्थापक सेयरधनी बाहिरिँदै छन् । बैंकका ५ जना संस्थापक सेयरधनी ३ लाख ९९ हजार ७१० कित्ता बिक्री गरेर बैंकबाट बाहिरिन खोजेका हुन् ।

बैंकका ५ जना संस्थापक सेयरधनीले ३ लाख ९९ हजार ७१० कित्ता सेयर बिक्री गर्न खोजेको भन्दै उक्त सेयरमा ३५ दिन भित्र आवेदन दिन संस्थापक सेयरधनीलाई बैंकले आग्रह गरेको छ ।

यस बैंकका संस्थापक सेयरधनीहरु बिगेन्द्र भारीले ४८ हजार ३९४ कित्ता, अन्जु शर्माले २० हजार ६३४ कित्ता, नवराज पोखरेलले ४१ हजार २६७ कित्ता, चिरन्जीवी श्रेष्ठले ८९ हजार ४१५ कित्ता र बलराम न्यौपानेले २ लाख कित्ता सेयर बिक्री गर्न लागेका हुन् ।

Royal Enfield
nic asia capital

संस्थापक सेयरधनीले बिक्री गर्न लागेको सेयरमा पहिलो प्रामिकतामा संस्थापक सेयरधनी नै पर्ने गरेका छन् ।

त्यस्तै, ३५ दिन भित्र संस्थापक सेयरधनीले सेयर खरिद नगरेको खण्डमा सर्वसाधारणले समेत आवेदन दिन पाउने बैंकले जनाएकाे छ ।

यो समाचार शेयर गर्नुहोस्
564SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?