National life

राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय लहानको नवनिर्मित भवनको उद्घाटन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|०८ असोज २०८०, सोमबार
463Shares
राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय लहानको नवनिर्मित भवनको उद्घाटन
ncell

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय लहानको शाखा कार्यालय उद्घाटन गरिएको छ । लहान न.पा. –६ गणेश चोकस्थित नवनिर्मित भवनको उद्घाटन गरिएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले एक समारोहका बीच शिलापत्र अनावरण गरी रिबन काटेर नवनिर्मित भवनको आइतबार उद्घाटन गरेका हुन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त समारोहमा मुख्यमन्त्री यादवले कृषि तथा अन्य क्षेत्रको उत्पादन बढाउन प्रदेश सरकारले राष्ट्रिय बाणिज्य बैंकसँग सहकार्य गर्ने बताउँदै बैंक मार्फत किसानलाई अनुदान समेत दिन तयार रहेको बताए ।

प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले अहिले बैंकको कर्जाको ब्याजदर सबैभन्दा कम रहेको बताउँदै ब्यवसायीहरुलाई आफूहरूसँग व्यवसायीक कारोबार गर्न आग्रह गरे । उनले विपन्न वर्गको सशक्तीकरणका लागि विना धिता कर्जा दिने, वित्तीय साक्षरता कार्यक्रम समेत सञ्चालन गरिने बताए ।

बैंकका उपकार्यकारी अधिकृत पवन रेग्मीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा ब्रान्च अपरेसन विभागका प्रमुख आनन्द सुवेदीले कार्यक्रम सञ्चालन गरेका थिए ।

कार्यक्रममा संघीय सांसदहरु रामशंकर यादव, गंगाप्रसाद यादव तथा प्रदेश सांसदहरु राजेन्द्र चौधरी, राजकुमार गुप्ता, ललिता दाश, बैंक सञ्चालक समिति सदस्य दिलीपकुमार ढुङ्गाना, प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे, बैंकका उपकार्यकारी अधिकृत विनयरमण पौडेल, विभागीय प्रमुख दामोदर ज्ञवाली, मधेस प्रादेशिक कार्यालयका प्रादेशिक प्रबन्धक कमलेश ठाकुर, कोशी प्रादेशिक कार्यालयका प्रादेशिक प्रबन्धक दिपकराज न्यौपाने, शाखा प्रबन्धकहरू, स्थानीय, जनप्रतिनिधि, व्यवसायी, सञ्चारकर्मी, कर्मचारीहरू लगायतको उपस्थिति रहेको थियो ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
463SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?