National life

सिद्धार्थ बैंकले डाक्याे वार्षिक साधारण सभा, यस्ता छन् प्रस्ताव

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१४ कात्तिक २०८०, मङ्गलबार
712Shares
सिद्धार्थ बैंकले डाक्याे वार्षिक साधारण सभा, यस्ता छन् प्रस्ताव
ncell

काठमाडौं । सिद्धार्थ बैंकले वार्षिक साधारण सभा डाकेको छ । बैंकले मंसिर ५ गते मंगलबार वार्षिक साधारण सभा डाकेको हाे ।

सभा आम्रपाली ब्यांकेट बालुवाटार काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ ।

उक्त सभाले सेयरधनीहरुलाई गत आर्थिक वर्षको नाफाबाट करसहित प्रस्ताव गरेको ४.२१% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

Royal Enfield
nic asia capital

साथै, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न तथा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ ।

लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि उक्त सभाले पारित गर्नेछ । साधारण सभा प्रयोजनार्थ बैंकले कात्तिक २१ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ ।

तसर्थ, कात्तिक २० गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश र सभामा भाग लिन पाउने छन् ।

यो समाचार शेयर गर्नुहोस्
712SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?