National life

१.९ गुणा बढी आवेदन प्राप्त गर्दै “KSBBL ९% अविमोच्य असञ्चिति अग्राधिकार सेयर”को बाँडफाँड सम्पन्न

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|२१ माघ २०८२, बुधबार
936Shares
१.९ गुणा बढी आवेदन प्राप्त गर्दै “KSBBL ९% अविमोच्य असञ्चिति अग्राधिकार सेयर”को बाँडफाँड सम्पन्न
ncell

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेड (KSBBL)ले निष्काशन गरेको “प्क्द्यद्यी ९५ अविमोच्य असञ्चिति अग्राधिकार सेयर” को बाँडफाँड आज, २०८२ माघ २१ गते एनआइएमबिएस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा सफलतापूर्वक सम्पन्न भएको छ।

यस अविमोच्य असञ्चिति अग्राधिकार सेयरको कुल मूल्य रु. ३५ करोड रहेको छ र यसका लागि लगानीकर्ताबाट १.९ गुणाभन्दा बढी आवेदन प्राप्त भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसले नेपाली पूँजी बजार र वित्तीय क्षेत्रमा लगानीकर्ताको उच्च विश्वास र उत्साहलाई प्रतिबिम्बित गरेको बैंकले जनाएको छ।

यस अग्राधिकार सेयर परिपत्र विधिमार्फत संस्थागत लगानीकर्ताका लागि २०८२/१०/१२ देखि २०८२/१०/१५ सम्म खुला गरिएको थियो। उक्त अवधिमा विभिन्न संघ–संस्थाबाट उत्साहजनक सहभागिता भएको छ।

अविमोच्य अवधि तथा वार्षिक ९% ब्याजदर (असञ्चिति) रहेको यस अविमोच्य असञ्चिति अग्राधिकार सेयर विकास बैंकहरुमा पहिलो पटक जारी गरिएको हो ।

बैंकले निष्काशनको कार्यमा सहयोग पुर्याउने कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सेन्ज लिमिटेड, सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेड, आवेदनकर्ताहरु, सञ्चार माध्यम, निष्काशन बैंक तथा अन्य सरोकारवालाप्रति धन्यवाद व्यक्त गरेको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
936SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?