National life

भोलिदेखि एनआइसी एशिया क्यापिटलले एनआइसी एशिया ग्रोथ फण्ड २ निष्काशन गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०३ मंसिर २०८०, आइतबार
494Shares
भोलिदेखि एनआइसी एशिया क्यापिटलले एनआइसी एशिया ग्रोथ फण्ड २ निष्काशन गर्ने
ncell

काठमाडौँ। एनआइसी एशिया क्यापिटल लिमिटेडले ‘एनआइसी एशिया ग्रोथ फण्ड २’ निष्काशन गर्ने भएको छ  ।

चाडपर्वको बिदा सकिएसँगै क्यापिटलले मङ्सिर ४ गते अर्थात् सोमबारका  दिन प्रतिइकाई १० रुपैयाँ अङ्कित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याउन लागेको हो ।

निष्काशन गरिने कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशत अथवा १ करोड ५० लाख इकाई कोष प्रवद्र्धक एनआइसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई बिक्री गर्न लागेको बताइएको छ ।

जसमा न्यूनतम १०० इकाईका लागि आवेदन दिन सकिनेछ भने अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था छ ।

Royal Enfield
nic asia capital
यो फण्डको इकाईमा मङ्सिर ७ गतेसम्म आवेदन दिने समय तोकिएको छ ।

फण्डको धितो पत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले धितो पत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब एवं एपबाट समेत आवेदन दिन सक्नेछन्।

  यस अवधिमा माग बमोजिम आवेदन नपरेको खण्डमा मिति थप गरेर मङ्सिर १८ गतेसम्म आवेदन म्याद बढाउने तयारी रहेको एनआइसी एशिया क्यापिटलले जनाएको छ  ।

यो समाचार शेयर गर्नुहोस्
494SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?