National life

महालक्ष्मी विकास बैंकको क्रेडिट कार्ड प्रयोग गरी टुर प्याकेज खरिद गर्न सकिने

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|२४ पुस २०८२, बिहिबार
906Shares
महालक्ष्मी विकास बैंकको क्रेडिट कार्ड प्रयोग गरी टुर प्याकेज खरिद गर्न सकिने
ncell

काठमाडौं। महालक्ष्मी विकास बैंकको क्रेडिट कार्ड प्रयोग गरी सहज र सुरक्षित तरिकाले टुर तथा भ्रमण प्याकेज खरिद गर्न सकिने सुविधाले पछिल्लो समय ग्राहकलाई आकर्षित गरेको छ। बैंकले नेपालीहरु विभिन्न देशहरु घुम्न जान सजिलो होस् भन्दै यो व्यवस्था गरेको हो।

सो अन्तर्गत बैंकले विभिन्न प्रतिष्ठित ट्राभल एजेन्सीहरुसँग व्यवसायिक सहकार्यको लागि सम्झौता गरेको छ । प्रारम्भिक चरणमा पर्यटकहरुले गुरु ट्रभाल्स लि.

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
दरबारमार्ग र रिसेन्ट एण्ड रिदम टुर्स एण्ड ट्राभल्स, उत्तरढोका, काठमाण्डौं मार्फत यो सुविधा लिन सक्ने बैंकले जनाएको छ ।

सम्झौता अन्तर्गत महालक्ष्मी विकास बैंकका क्रेडिट कार्ड वाहकहरुले ट्राभल एजेन्सी मार्फत विभिन्न टुर प्याकेज खरिद गर्दा महालक्ष्मी विकास बैंकको क्रेडिट कार्ड प्रयोग गरी खरिद गर्न सक्नेछन् । साथै आफुले खरिद गरेको टुर प्याकेजको मुल्य बराबरको रकमको भुक्तानी ६ महिना देखी १२ महिना सम्मको लचिलो अवधी रहने गरी मासिक रुपमा भुक्तान गर्न मिल्ने गरी रुपान्तरण गर्न समेत सक्ने बैंकले जानकारी दिएको छ ।

आफुले खरिद गरेको टुर प्याकेजको बिल पेश गरे पश्चात महालक्ष्मी विकास बैंकले सहज रुपमा नै सो कारोबारलाई मासिक किस्तामा परिवर्तन गरिदिनेछ र यसरी मासिक किस्तामा परिवर्तन गर्दा बैंकले EMI Processing शुल्क लिने छैन ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
906SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?