National life

आक्रामक व्यवसाय बिस्तार गर्दै आएको ग्लोबल आइएमई बैंकको कस्तो छ समग्र अवस्था ? हेर्यौ !

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|३१ भदौ २०८०, आइतबार
566Shares
आक्रामक व्यवसाय बिस्तार गर्दै आएको ग्लोबल आइएमई बैंकको कस्तो छ समग्र अवस्था ? हेर्यौ !
ncell

काठमाडौं। लाभांश सिजन सुरु भएसँगै हालसम्म ४ वटा वाणिज्य बैंकहरुले प्रतिफल घोषणा गरिसकेका छन् । बाँकी बैंकहरुले पनि लाभांश प्रस्ताव गर्ने आन्तरिक तयारी थालिरहेका छन् ।

यसै क्रममा देशको ७७ वटै जिल्लामा शाखा रहेको ग्लोबल आइएमई बैंकले ग्राहकलाई चुस्त सुविधा दिनुको साथै, शेयरधनीलाई पनि राम्रो प्रतिफल दिंदै आइरहेको छ । नयाँ आर्थिक वर्ष सुरु भएको २ महिना वितिसकेकाले यस ग्लोबल आइएमई बैंकले पनि केही समय पछि लाभांश प्रस्ताव गर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

हरेक वर्ष लगानीकर्ताहरुलाई आकर्षक प्रतिफल वितरण गर्दै आइरहेको बैंकले यस पटक कति लाभांश घोषणा गर्छ भन्ने सबैका लागि चासोको विषय बनेको छ ।

पछिल्लो समय बजारमा देखिएको आर्थिक मन्दी र बढ्दो खराब कर्जाका कारण कतिपय बैंकको लाभांश वितरण क्षमता नै ऋणात्मक छ । तर निकै राम्रो व्यवस्थापन रहेको यस बैंकले शेयरधनीहरुको हात खाली नगर्ने कुरामा लगानीकर्ताहरु भने विश्वस्त छन् ।

ग्लोबल आइएमई बैंकले कुन वर्ष कति लाभांश वितरण गर्यो ?

ग्लोबल आइएमईले लगानीकर्तालाई हरेक वर्ष डबल डिजिट लाभांश वितरण गर्दै आइरहेको छ । यसले अघिल्लो वर्षको नाफाबाट १३.६० प्रतिशत वितरण गरेको थियो । त्यस्तै, आर्थिक वर्ष २०७७–७८ मा पनि यसले १३.५० प्रतिशत नै लाभांश दिएको थियो ।

बैंकले गत वर्षको नाफाबाट शेयरधनीलाई प्रतिफल प्रस्ताव गरेको छैन । वित्तीय रिपोर्ट अनुसार यसले लगानीकर्तालाई ८.२७ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने देखिएको छ । बजारमा देखिएको तरलता समस्या, आर्थिक मन्दीले गर्दा अधिकांश बैंकहरुको खराब कर्जा बढेको छ । जसका कारण बैंक तथा वित्तीय संस्थाहरुले थुप्रै रकम इम्पेयरमेन्ट चार्ज बापत छुट्याएका छन् ।

यस बैंकको पनि उक्त चार्ज बापतको रकम ४६ करोड ६४ लाखबाट बढेर २ अर्ब ७१ करोड ५३ लाख रुपैयाँ पुगेको छ । त्यसैले यसको लाभांश क्षमता पछिल्ला वर्षहरुको भन्दा केही कम देखिएको छ । तर अन्य बैंकहरुले शेयरधनीहरुको हाल खाली गर्दै गर्दा यसले भने लगानीकर्ताहरुलाई ८ प्रतिशत प्रतिफल दिन सक्ने अवस्थामा छ । जुन अहिलेको अवस्थामा धेरै राम्रो रहेको जानकारहरुले बताएका छन् ।

आगामी दिनमा खराब कर्जा घटाउँदै जाने बैंकको भनाई छ । त्यसपछि अहिले छुट्याएको प्रोभिजनको रकम पनि घट्नेछ । र फेरि यस बैंकले लगानीकर्ताहरुलाई आकर्षक लाभांश वितरण गर्ने दाबी गरेको छ ।

ग्लोबल आइएमई बैंकको समग्र वित्तीय अवस्था कस्तो छ ?

गत आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमाससम्म आइपुग्दा यस बैंकले ७ अर्ब २५ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको यसैअवधिसम्म यसले ४ अर्ब ९५ करोड ९२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

खुद ब्याज आम्दानी बढेसँगै यसको नाफामा वृद्धि देखिएको हो । १० अर्ब २८ करोड ९५ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी अहिले बढेर १७ अर्ब ११ करोड ८२ लाख रुपैयाँ पुगेको छ । सञ्चालन आम्दानी सहित यसको सञ्चालन नाफामा पनि तीव्र वृद्धि देखिएको छ ।

अघिल्लो वर्ष ७ अर्ब १८ करोड ७७ लाख रहेको सञ्चालन आम्दानी अहिले बढेर १० अर्ब १० करोड रुपैयाँ पुगेको छ । जसका कारण यसको नाफामा उलेख्य वृद्धि देख्न सकिन्छ । ४ अर्ब ९५ करोड ९२ लाख रुपैयाँ रहेको यसको खुद नाफा अहिले बढेर ७ अर्ब २५ करोड ३४ लाख पुगेको छ ।

बैंकले ४ खर्ब २६ अर्ब ३२ करोड ५४ लाख रुपैयाँ निक्षेप संकलन गरेर ३ खर्ब ५६ अर्ब ३९ करोड ४७ लाख रुपैयाँ कर्जा परिचालन गरेको गत वर्षको चौथो त्रैमासको रिपोर्टले देखाएको छ । वाणिज्य बैंकहरुमध्ये सबै भन्दा धेरै ३५ अर्ब ७७ करोड १० लाख ६० हजार रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषको आकार भने १९ अर्ब ९५ करोड ४७ लाख रुपैयाँ रहेको छ ।

गत वर्षको रिपोर्ट अनुसार यस बैंकको प्रतिशेयर आम्दानी २० रुपैयाँ ७७ पैसा रहेको छ । अघिल्लो वर्ष २० रुपैयाँ ८४ पैसा थियो । यसको नेटवर्थ १६४ रुपैयाँ ५ पैसा रहेको छ । बैंक अफ काठमाण्डूसँग मर्ज भएको कारणले पनि यसको चुक्ता पूँजी र जगेडा कोषको आकारमा धेरै वृद्धि देखिएको हो । त्यसो त, मर्जर हुनु भन्दा अगाडि पनि यसको प्रदर्शन निकै राम्रो थियो ।

बैंकको कस्तो छ शाखा सञ्जाल ?

ग्लोबल आइएमई ७७ वटै जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । यस बैंकले ३४८ शाखा कार्यालय, ३७१ वटा एटीएम, ३२२ शाखा रहित बैंकिङ सेवा, ६४ वटा एक्सटेन्सन तथा राजस्व संकलन काउण्टर र ३ वटा विदेशी प्रतिनिधि कार्यालय लगायत ११ सय भन्दा बढी सेवा केन्द्रहरु मार्फत ४५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

सन् २०२२ मा बैंक अफ काठमाण्डूसँग मर्जरपछि ग्लोबल आइएमई चुक्ता पूँजीको हिसाबले सबैभन्दा ठूलो वाणिज्य बैंक बनको हो । सन् २०१९ डिसेम्बर ६ मा ग्लोबर आइएमई र जनता बैंक मर्ज भएर एकीकृत कारोबार सरु गरेका थिए ।

त्यस्तै, बैंक अफ काठमाण्डू र ग्लोबल आइएमई बैंक २०२३ जनावरी ९ मा एकीकृत कारोबार सुरु गरेका हुन् । दुई ठूला वाणिज्य बैंकसँग मर्ग भएर बनेको ग्लोबल आइएमई बैंकले राष्ट्र बैंकले चाहे अनुसार बिग मर्जरको सुरुवात गरेको थियो । यो बैंकले जनतासँग मर्जरको सम्झौता गरेपछि बाँकी बैंकहरुलाई पनि मर्ज हुन दबाब परेको जानकारहरु बताउँछन् ।

सञ्चालक समिति तथा व्यवस्थापन

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहेका चन्द्रप्रसाद ढकाल यस बैंकका पनि अध्यक्ष हुन् । बाँकी सञ्चालकहरु भने क्याबिनेट श्रेष्ठ, रामबहादुर भण्डारी, राधेश पन्त, कृष्ण प्रसाद शर्मा, मदन लाल जोशी, देवेन्द्र प्रताप शाह रहेका छन् ।

बैंकको प्रमुख कार्याकारी अधिकृतको रुपमा रत्न राज बज्रचार्य रहेका छन् ।

सम्मान तथा अवार्ड

रेमिट्यान्स आवागमन सहजीकरणमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै नेपाल राष्ट्र बैंकले ग्लोबल आइएमई बैंकलाई सम्मान गरेको छ । यसको असाधारण प्रयासले आर्थिक वर्ष २०७८÷७९ मा कुल रेमिट्यान्सको १५.६५% नेपाल भित्र्याउन महत्वपूर्ण भूमिका खेलेको छ ।

त्यसका साथै, ग्लोबल आइएमई बैंकले ‘बैंक अफ दि इएर २०१४’, बेस्ट इन्टरनेट बैंक अवार्ड २०१६, नेपाल बेस्ट इम्प्लोयर ब्रान्ड अवार्ड २०१८ लगायत अवार्डबाट सम्मानित भएको छ ।

सबैभन्दा बढी कर तिर्ने बैंक

ग्लोबल आइएमई बैंक वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी कर तिर्ने बैंक बनेको छ । बैंकले गत आर्थिक वर्ष ०७९/८० मा पाँच अर्ब ४३ करोड ४४ लाख रुपैयाँ कर तिरेको हो ।

कर्मचारीलाई बोनस

कर्मचारीलाई यस बैंकले १ अर्ब १२ करोड २६ लाख रुपैयाँ बोनस बापत छुट्याएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार बैंकले २०८० सालमा स्टाफ बोनसका लागि सो रकम प्रोभिजन गरेको हो । गत वर्ष यसले ७८ करोड ९३ लाख रुपैयाँ वितरण गरेको थियो ।

यो समाचार शेयर गर्नुहोस्
566SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?