National life

आर्थिक वर्ष ७४-७५ को नगद लाभांश लैजान सिटिजन्स बैंकको आग्रह 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०९ फागुन २०८०, बुधबार
439Shares
आर्थिक वर्ष ७४-७५ को नगद लाभांश लैजान सिटिजन्स बैंकको आग्रह 
ncell

काठमाडौंः आर्थिक वर्ष २०७४-७५ को नगद लाभांश लिनलाई सिटिजन्स बैंकले आफ्ना सेयरधनीलाई सूचना जारी गरेको छ।

आर्थिक वर्ष २०७४-७५ को नगद लाभांश केही सेयरधनीले नलगेको भन्दै सूचना प्रकाशन भएको ३५ दिनभित्र उक्त लाभांशको लागि दाबी गर्न बैंकले सूचना जारी गरेको हो । बैंकले लगानीकर्ता संरक्षण कोष व्यवस्थापन तथा संचालन कार्यविधि २०७३ अनुसार ५ वर्षसम्म पनि सेयरधनीले नलगेको लाभांश उक्त कोषमा जम्मा गर्नुपर्ने व्यवस्था रहेको जनाएको छ।सोही कारण आजदेखि ३५ दिनभित्र उक्त लाभांशको लागि दाबी गर्न बैंकले सेयरधनीलाई आग्रह गरेको छ।

लाभांश लिन जाँदा सेयरधनीले आफ्नो परिचयपत्र पनि साथमा बोक्नुपर्नेछ।

Royal Enfield
nic asia capital
लगानीकर्ताले सिटिजन क्यापिटलमा आवेदन दिएर भौतिक सेयर प्रमाणपत्र तथा नगद लाभांश पूर्जा संकलन गर्न सक्ने जनाएको छ । तर, चैत ५ गतेसम्ममा पनि लाभांश नलगेमा भने लगानीकर्ता संरक्षण कोषमा जम्मा हुनेछ।

यो समाचार शेयर गर्नुहोस्
439SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?