National life

एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ वैशाख २०८१, बिहिबार
540Shares
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
ncell

काठमाडौँ । एनएमबि बैङ्कले बल्खु शाखाबाट सुरु गरी कीर्तिपुरमा अवस्थित उमा महेश्वर मन्दिर परिसर सम्मको पैदल यात्रा गरी एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ ।

बैङ्कले “हाम्रा सम्पदा हुन खुला सङ्ग्रहालय, इतिहास र संस्कृतिका महाविद्यालय” भन्ने मूल नाराको साथ मुलुकको ऐतिहासिक तथा सामाजिक रूपान्तरणको लागि सांस्कृतिक सम्पदा प्रवर्धन र साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

बैङ्कले नेपाल हेरिटेज सोसाईटीको सहकार्यमा, एनएमबि बैंकका अध्यक्ष मनोज कुमार गोयल, सञ्चालक जीवन कुमार कटुवाल, उत्तम भ्लोन, हरिश्चन्द्र सुवेदी, शिरिष कुमार मुरारका, बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल के. सी., कीर्तिपुर महानगरपालिका प्रतिनिधि, बैंकका कर्मचारी लगायत सर्वसाधारणहरू गरी लगभग ७५० जनाको सहभागितामा उक्त कार्यक्रम सम्पन्न गरेको छ।

Royal Enfield
nic asia capital

उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा बाग्मती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्र मान बज्राचार्यको उपस्थिति थियो । उक्त कार्यक्रममा एनएमबि बैङ्कद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सम्पदा संरक्षणको लागि नेपाल हेरिटेज सोसाइटीलाई ५ लाख रुपैंया सहयोगका साथै कीर्तिपुर महानगरपालिकालाई डस्टविनहरु समेत हस्तान्तरण गरिएको थियो ।

त्यसैगरी, बैङ्कले प्रदेश नं. १ मा इटहरी चोक देखी राम धुनी मन्दिर सम्म, मधेष प्रदेशमा जनकपुर शाखा देखी राम मन्दिर, चितवनमा भरतपुर शाखा देखी गणेश धाम, गण्डकी प्रदेशमा जिरो किलोमिटर शाखा देखी तालबाराही मन्दिर सम्म, लुम्बिनी प्रदेशमा गोल पार्क देखी सिद्धबाबा मन्दिर सम्म र कर्णाली प्रदे्रश र सुदूर पश्चिम प्रदेशमा सुर्खेत शाखा देखी काक्रेबिहार मन्दिर सम्म, महेन्द्रनगर शाखा देखी सिद्धिनाथ मन्दिर सम्म र धनगढी शाखा देखी कृष्ण मन्दिर सम्म एकै साथ एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ ।

एनएमबि बैंक, विगत २७ वर्ष देखी अनवरत रूपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत पत्र प्राप्त, एक अग्रणी वित्तीय संस्था हो । एनएमबि बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ द ईयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको बैंक हो । एनएमबि बैङ्कले सन् २०१७, २०१८, २०२० र २०२१ मा पनि नेपालकैे उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ प्राप्त गरिसकेको छ ।

एनएमबि बैङ्कले हाल देशभरी २०१ शाखाहरु, १८६ एटिएमहरू, ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ

यो समाचार शेयर गर्नुहोस्
540SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?