National life

कुमारी बैंकको नयाँ सञ्चालक समिति चयन , अध्यक्षमा अमिर प्रताप राणा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०१ फागुन २०८०, मङ्गलबार
514Shares
कुमारी बैंकको नयाँ सञ्चालक समिति चयन , अध्यक्षमा अमिर प्रताप राणा
ncell

काठमाण्डौ। कुमारी बैंकको नयाँ सञ्चालक समिति चयन भएको छ । बैंकको सञ्चालक समितिको अध्यक्षमा अमिर प्रताप राणा चयन भएका छन् ।

बैंकको फागुन १ गते बसेको सञ्चालक समितिको बैठकले राणालाई बैंककोअध्यक्षमा चयन गरेको हो । बैंकको साधारण सभाले ६ जना सञ्चालकहरु निर्वाचित गरेको छ ।

Royal Enfield
nic asia capital

संस्थापकतर्फबाट ३ र सर्वसाधारण समुहबाट ३ गरी ६ जना सञ्चालकहरु साधारण सभाले निर्वाचित गरेको हो । बैंकले गत माघ २८ गते २३ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको थियो ।

त्यसैगरी कर्मचारी सञ्चय कोषका तर्फबाट विजय कुमार श्रेष्ठ र पुशपति मुरारकालाई संस्थापकतर्फको सञ्चालकमा निर्वाचित गरेको हो । जसमा श्रेष्ठ र मुरारका नयाँ सञ्चालकका रुपमा बैंकमा भित्रिएका हुन् ।

त्यसैगरी सर्वसाधारणतर्फबाट महेश प्रसाद पोखरेल, राजाराम खड्का र सिम्रन अग्रवाल बैंकको सञ्चालक चुनिएका छन् । जसमा पोखरेल पुरानो अनुहार हुन् भने खड्का र अग्रवाल नयाँ अनुहार हुन् ।

यो समाचार शेयर गर्नुहोस्
514SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?