National life

कुमारी बैंकको ३ लाख ४ हजार कित्ता सेयर बिक्रीमा, कसले दिन पाउँछन् आवेदन ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०८ चैत २०८०, बिहिबार
513Shares
कुमारी बैंकको ३ लाख ४ हजार कित्ता सेयर बिक्रीमा, कसले दिन पाउँछन् आवेदन ?
ncell

काठमाडौं । कुमारी बैंकले आफ्नो संस्थापक सेयरधनीको नाममा रहेको ३ लाख ४ हजार ७२१ कित्ता सेयर बिक्रीमा ल्याएको छ।

यस सेयरमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (चैत ८ गते) बाट ३५ दिनभित्र आवेदन दिनुपर्ने बैंकले एक सूचना मार्फत जानकारी गराएको छ ।

बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ ।

Royal Enfield
nic asia capital

सेयर भाउ भने बिक्रेताले तोके बमोजिम हुने सूचनामा उल्लेख छ। संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
513SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?