National life

कुमारी बैंकद्वारा ग्लोबल मनी वीक २०२५ को अवसरमा देशव्यापी वित्तीय साक्षरता कार्यक्रम

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ चैत २०८१, बिहिबार
525Shares
कुमारी बैंकद्वारा ग्लोबल मनी वीक २०२५ को अवसरमा देशव्यापी वित्तीय साक्षरता कार्यक्रम
ncell

काठमाडौं । ग्लोबल मनी वीक २०२५ को अवसरमा कुमारी बैंक लिमिटेडले नेपालभर विभिन्न स्थानहरूमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको छ।

ग्लोबल मनी वीक २०२५ को ‘Think before you follow, wise money tomorrow’ भन्ने नारालाई आत्मसाथ गर्दै बैंकले वित्तीय शिक्षाका माध्यमबाट सचेत र जिम्मेवार आर्थिक निर्णय लिन सहयोग गर्ने उद्देश्य राखेको बताएको छ।

हालको डिजिटल वित्तीय सेवाहरूको बढ्दो प्रयोग, फाइनान्सियल इन्फ्लूएन्सरको प्रभाव र कृतिम बुद्धिमत्ता (एआई) को प्रवेशले विशेषगरी युवाहरूलाई सही वित्तीय जानकारी छनोट गर्न चुनौतीपूर्ण बनाइरहेको यस सन्दर्भमा कुमारी बैंकले बैंकिङ्ग प्रणाली, डिजिटल भुक्तानी, कर्जा व्यवस्थापन तथा दीर्घकालीन वित्तीय योजनाबारे विस्तृत जानकारी प्रदान गर्दै आएको बताएको छ।

यस अभियानले युवाहरूलाई आर्थिक रूपमा सशक्त बनाउने, जिम्मेवार वित्तीय निर्णय लिन उत्प्रेरित गर्ने र समग्र वित्तीय स्थायित्व कायम गर्न टेवा पुग्ने विश्वास बैंकले लिएको छ। साथै बैंकले आगामी दिनहरूमा पनि यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

विगत २३ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको कुमारी बैंकले आफ्नो देशभर रहेका ३०२ शाखा, ३१६ एटीएम, ५० विस्तारित काउन्टर र ५४ शाखारहित बैंकिङ इकाइहरू मार्फत आधुनिक तथा प्रभावकारी सेवा दिँदै आएको छ। बैंकले आगामी दिनमा पनि सरल, सहज र उत्कृष्ट सेवा प्रदान गर्न निरन्तर सहकार्य गर्ने जनाएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
525SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?