National life

कुमारी बैंकद्वारा वित्तीय साक्षरता भिडीयो श्रृंखला र पुस्तक सार्वजनिक

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०८ चैत २०८०, बिहिबार
387Shares
कुमारी बैंकद्वारा वित्तीय साक्षरता भिडीयो श्रृंखला र पुस्तक सार्वजनिक
ncell

काठमाडौं । कुमारी बैंक लिमिटेडले वित्तीय साक्षरता प्रवद्र्धन र उद्यमीहरूलाई सशक्तिकरण गर्न महत्वपूर्ण कदम चालेको छ । प्रमुख कार्यकारी अधिकृत राम चन्द्र खनाल तथा बरिष्ट कलाकार दीपाश्री निरौलाको उपस्थितिमा बैंकले यसै बिहिबार आफ्नो वित्तीय साक्षरता भिडीयो श्रृंखला र पुस्तक एकैँसाथ सार्वजनिक गरेको हो ।

बैंकिङ्ग सेवाहरूको विवेकपूर्ण उपयोगलाई प्रवद्र्धन गर्न गहिरो ध्यान केन्द्रित गर्दै, भिडीयो श्रृंखलाले व्यवसाय व्यवस्थापन, नगद प्रवाह व्यवस्थापन, बैंकिङ्ग सुरक्षा र सही खाताहरू कायम राख्ने जस्ता अत्यावश्यक विषयहरूमा जोड दिएको छ । बैंकले भिडीयो श्रृंखला र पुस्तक मार्फत बैंकिङ्ग सेवाको प्रयोग, व्यवसाय सुरु र सञ्चालन गर्ने प्रकृया, बैंकिङ्ग सुरक्षा जस्ता धेरै विषयवस्तुमा केन्द्रीत गरेको छ ।

Royal Enfield
nic asia capital

उक्त भिडीयो श्रृंखला र पुस्तक शहरी क्षेत्रमा मात्र केन्द्रित नभई ग्रामिण क्षेत्रमा आधारित साना तथा मझौला व्यवसायहरुलाई पनि ठुलो टेवा पुग्ने तथा यसबाट व्यवसायीहरुले लाभ उठाउन सक्ने देखिन्छ ।

विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१५ एटिएम, ५१ एक्सटेन्सन काउन्टर तथा ६५ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
387SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?