National life
cg eloctronics

ब्याजदर र आम्दानीबीच तालमेल हुने गरी मात्र कर्जा कारोबार गर्न राष्ट्र बैंकले दियो सुझाव

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ चैत २०८०, मङ्गलबार
602Shares
ब्याजदर र आम्दानीबीच तालमेल हुने गरी मात्र कर्जा कारोबार गर्न राष्ट्र बैंकले दियो सुझाव
ncell

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ब्याजदर र आम्दानीबीच तालमेल हुने गरी मात्र कर्जाको कारोबार गर्न सूचित गरेको छ । केन्द्रीय बैंकले वित्तीय चेतनाका लागि एक सूचना जारी गर्दै यस्तो सुझाव दिएको हो ।

बैंक तथा वित्तीय संस्थाले विभिन्न व्यक्तिलाई लक्षित गरी घर कर्जा, सवारीसाधन कर्जा जस्ता विभिन्न कर्जाहरु प्रस्ताव गरेका हुन्छन् । यस्ता कर्जाको भुक्तानी अवधि निश्चित हुने र ब्याजदर भने परिवर्तनीय वा स्थिर हुने राष्ट्र बैंकले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

स्थिर ब्याजदर तोकिएको अवधिभर परिर्वतन गर्न नपाइने र परिवर्तनीय ब्याजदर आधार दरमा भएको परिवर्तनअनुसार हरेक महिना परिवर्तन हुन सक्ने तर, प्रिमियम दरमा कुनै परिवर्तन गर्न नपाइने राष्ट्र बैंकले जनाएको छ ।

नियमित रुपमा निश्चित आम्दानी गर्ने व्यक्तिका लागि स्थिर ब्याजदरले आम्दानी र खर्चबीच तालमेल मिलाउन सहयोग पुग्ने राष्ट्र बैंकले उक्त सूचनामा उल्लेख गरेको छ । ग्राहकहरुले आफूले उपभोग गर्न लागेको कर्जामा कस्तो प्रकारको ब्याजदर लागू हुँदैछ रु प्रिमियम दर कति लागू हुँदैछ रु शुल्कहरु के–कस्ता छन् रु भन्ने विषयमा पूर्ण जानकारी लिन अति आवश्यक हुने राष्ट्र बैंकले जनाएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
602SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?