काठमाडौँ। गरिमा विकास बैंकले विभिन्न संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ ।
बैंकले संस्थापक सेयर धनीहरूको स्वामित्वमा रहेको कुल ४ लाख २६ हजार ९९०।३० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि आम सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन् ।
यसअघि बैंकका विद्यमान संस्थापक सेयर धनीका लागि ३५ दिने सूचना जारी गरी बिक्रीमा राखिएकोमा केही सेयरका लागि मात्रै आवेदन परेकाले बाँकी खरिद नभएको सेयर सर्वसाधारणका लागि बिक्री गर्न लागिएको बैंकले उल्लेख गरेको छ ।

































