National life
cg eloctronics

सिद्धार्थ बैंकका ग्राहकहरुलाई बिराटनगरको गोल्डेन हस्पिटलमा १०% सम्म छुट

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ जेठ २०८२, बुधबार
995Shares
सिद्धार्थ बैंकका ग्राहकहरुलाई बिराटनगरको गोल्डेन हस्पिटलमा १०% सम्म छुट
ncell

काठमाण्डौं । सिद्धार्थ बैंक र गोल्डेन हस्पिटल प्रा. लि. बीच बैंकका ग्राहक महानुभावहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।

विराटनगरमा सम्पन्न एक विशेष समारोहमा गोल्डेन हस्पिटल प्राइभेट लिमिटेड (दर्ता कार्यालय जनपथ टोल–११, विराटनगर) का प्रमुख कार्यकारी अधिकृत मो.जियाउल हक र सिद्धार्थ बैंक लिमिटेड (केन्द्रीय कार्यालय नक्साल, काठमाडौं) का विराटनगर शाखा प्रबन्धक सूर्य प्रसाद शर्माले सम्झौतापत्रमा हस्ताक्षरगरेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सम्झौता अनुसार बैंकका ग्राहकहरुले बिराटनगर स्थित गोल्डेन हस्पिटलमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा १०% सम्म छुट प्राप्त गर्न सक्नेछन्। यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा खुल्ला रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा निम्न माध्यमहरु मार्फत सम्पर्क गर्न सक्नुहुनेछ ।

फोनः ०१ – ५९७००२० ईमेलः customercare@sbl.com.np

बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केहि समय अघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
995SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?