National life

बाढीपीडितका लागि डिजिटल सहयोग सहज बनाउँदै राष्ट्र बैंक, कारोबार सीमा हटाइयो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२३ दिन अगाडि|११ भदौ २०८३, बिहिबार
1.3kShares
बाढीपीडितका लागि डिजिटल सहयोग सहज बनाउँदै राष्ट्र बैंक, कारोबार सीमा हटाइयो
ncell

काठमाडौं । बाढी तथा डुबान प्रभावित नागरिकको उद्धार र राहतका लागि आर्थिक सहयोग पठाउँदा मोबाइल बैंकिङ, वेब एप्लिकेसन तथा ई-मनीमार्फत हुने कारोबारमा तोकिएको अधिकतम सीमा लागू नहुने भएको छ।

नेपाल राष्ट्र बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा डिजिटल माध्यमबाट रकम पठाउँदा नियमित कारोबारमा लाग्ने अधिकतम सीमा लागू नगर्न निर्देशन दिएको हो।

सरकारले विपद् प्रभावित नागरिकका लागि राहत तथा उद्धार अभियान सञ्चालन गरिरहेका बेला डिजिटल माध्यमबाट आर्थिक सहयोग पठाउन सहज बनाउने उद्देश्यले यस्तो व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार सम्बन्धित खातामा रकम स्थानान्तरण गर्दा भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८२ अन्तर्गतको अधिकतम कारोबार सीमा लागू हुने छैन।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसका लागि अनुमतिपत्र प्राप्त सबै बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकलाई आवश्यक व्यवस्था मिलाउन राष्ट्र बैंकले निर्देशन दिएको छ।

नयाँ व्यवस्थासँगै बाढी तथा डुबान प्रभावितका लागि स्थापना गरिएका सरकारी राहत कोषमा मोबाइल बैंकिङ, वेब एप्लिकेसन तथा ई-मनीमार्फत ठूलो रकमसमेत सहज रूपमा पठाउन सकिने भएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?