National life

राष्ट्र बैंकको कारबाहीः तीन वाणिज्य बैंक सचेत, प्रभु बैंकमाथि कडा कदम

नियम उल्लंघनमा तीन बैंक कारबाहीमा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|१७ साउन २०८३, आइतबार
1.1kShares
राष्ट्र बैंकको कारबाहीः तीन वाणिज्य बैंक सचेत, प्रभु बैंकमाथि कडा कदम
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा ‘क’ वर्गका इजाजतपत्रप्राप्त वाणिज्य बैंकमाथि गरिएको कारबाही सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र प्रभु बैंक लिमिटेड कारबाहीमा परेका छन्।

राष्ट्र बैंकका अनुसार राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली, २०८१ को व्यवस्था पालना नगरी तोकिएको समयमा खाता रोक्का नगरेकाले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १००(१)(क) बमोजिम सचेत गराइएको छ।

यस्तै, कृषि विकास बैंक लिमिटेडले पनि विशेष स्थलगत निरीक्षणका क्रममा राष्ट्र बैंक तथा कानून कार्यान्वयन निकायको अनुरोधअनुसार समयमै खाता रोक्का नगरेको पाइएपछि बैंकलाई भविष्यमा विनियमावलीअनुसार काम गर्न निर्देशनसहित सचेत गराइएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रभु बैंक लिमिटेडको हकमा भने राष्ट्र बैंकले थप कडा कदम चालेको छ। समष्टिगत निरीक्षणमा देखिएका गम्भीर कमजोरीहरू समयमै सुधार नगरेको तथा अघिल्ला प्रतिवेदनमा उल्लेखित कैफियतहरूमा अपेक्षित सुधार नदेखिएकाले बैंकको सञ्चालक समितिलाई दफा १००(१)(ख) बमोजिम सुधारात्मक कदम चाल्ने कबुलियतनामा गराइएको छ।

यसका साथै कर्जा वर्गीकरणसम्बन्धी निर्देशन उल्लंघन, पर्याप्त कर्जा नोक्सानी व्यवस्था कायम नगरेको र राष्ट्र बैंकमा पेश गरिएको विवरण तथा कोर बैंकिङ प्रणालीबीच फरक देखिएको निष्कर्षसहित प्रभु बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनलाई दफा १००(२)(ग) बमोजिम ५ लाख रुपैयाँ जरिवाना गरिएको राष्ट्र बैंकले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?