National life
cg eloctronics

प्राइम बैंकको संस्थापक सेयर किन्ने अवसर, पहिलो प्राथमिकता सेयरधनीलाई

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|२८ असोज २०८३, बुधबार
333Shares
प्राइम बैंकको संस्थापक सेयर किन्ने अवसर, पहिलो प्राथमिकता सेयरधनीलाई
ncell

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीलाई ३५ दिनभित्र आवेदन दिन आह्वान गरेको छ।

बैंक सञ्चालक समितिको असोज १९ गते बसेको ५७३औँ बैठकको निर्णयअनुसार बिक्रीमा राखिएको सेयर खरिदका लागि हाल कायम संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन्।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा लिखित निवेदन पेस गर्नुपर्ने बैंकले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

तोकिएको समयावधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट कुनै पनि आवेदन प्राप्त नभएमा प्रचलित कानुनी तथा नियामकीय व्यवस्थाबमोजिम उक्त सेयर अन्य व्यक्ति तथा लगानीकर्तालाई बिक्री गरिने बैंकले स्पष्ट पारेको छ।

बैंकले बिक्रीमा राखिएको संस्थापक सेयरको परिमाण, मूल्य तथा आवेदनसम्बन्धी थप विवरणका लागि आधिकारिक सूचना हेर्न आग्रह गरेको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
333SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?