काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ९,९२३.२६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकका संस्थापक सेयरधनी प्रदीपचन्द्र पोखरेलले बिक्रीका लागि निवेदन दिएको उक्त सेयर अब अन्य इच्छुक व्यक्ति तथा संस्थाले खरिद गर्न सक्ने भएका छन्।
बैंकले संस्थापक सेयर बिक्रीका लागि विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकता दिँदै आवेदन माग गरेको थियो। तर, तोकिएको अवधिमा कुनै पनि संस्थापक सेयरधनीबाट खरिदका लागि आवेदन नपरेपछि बैंकले अन्य योग्य व्यक्ति तथा संस्थाका लागि बिक्री प्रक्रिया अघि बढाएको हो।
प्रचलित कानुनअनुसार संस्थापक सेयर खरिद गर्न योग्य व्यक्ति वा संस्थाले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिन सक्ने बैंकले जनाएको छ।
इच्छुक आवेदकले बैंकको केन्द्रीय कार्यालयमा आवश्यक कागजातसहित निवेदन पेस गर्नुपर्नेछ। प्राप्त आवेदनका आधारमा प्रचलित कानुनी तथा नियामकीय व्यवस्था पालना गर्दै सेयर बिक्री प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।

































