काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ५० हजार ३१३ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ।
कम्पनीले उक्त संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो। सेयर खरिदका लागि हाल कायम कम्पनीका संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन सक्नेछन्।
इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।
आवेदन कम्पनीको काठमाडौंस्थित लाजिम्पाटमा रहेको प्रधान कार्यालयमा बुझाउनुपर्नेछ।
तोकिएको ३५ दिनको अवधिमा विद्यमान संस्थापक सेयरधनीबाट कुनै आवेदन नआएमा वा सम्पूर्ण सेयर खरिदका लागि आवेदन नपरेमा बाँकी सेयर अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गरिने कम्पनीले जनाएको छ।



































