National life

एसजे मोटो र हिमालयन जाभाद्वारा काठमाडौंस्थित आउटलेट नयाँ स्वरूपमा सञ्चालन

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|११ फागुन २०८२, सोमबार
957Shares
एसजे मोटो र हिमालयन जाभाद्वारा काठमाडौंस्थित आउटलेट नयाँ स्वरूपमा सञ्चालन
ncell

काठमाडौं। पोखराको पहिलो संयुक्त आउटलेटको अपार सफलतापछि, एसजे मोटो र हिमालयन जाभाले काठमाडौंमा रहेको आफ्नो दोस्रो आउटलेट नयाँ र परिमार्जित स्वरूपमा पुनः सञ्चालनमा ल्याएका छन्।

सन् २०२१ मा स्थापना भएको यस आउटलेटलाई अहिले पूर्ण रूपमा नयाँ सजावट र फराकिलो सिटिङ एरियासहित स्तरोन्नति गरिएको छ। यसको मुख्य उद्देश्य बाइक पारखी र कफी प्रेमीहरूलाई एउटै छानामुनि ल्याउनु हो।

काठमाडौंको यो आउटलेटले यस्तो विशेष वातावरण प्रदान गर्दछ, जहाँ ग्राहकहरूले प्रिमियम कफीको स्वाद लिँदै एक आपसमा भेटघाट गर्न र मोटरसाइकल संस्कृतिको मज्जा लिन सक्नेछन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसलाई एउटा सामान्य क्याफे मात्र नभएर उत्कृष्ट ुलाइफस्टाइल डेस्टिनेसनुको रूपमा विकास गर्ने एसजे मोटो र हिमालयन जाभाको साझा दृष्टिकोण रहेको छ। नयाँ आउटलेटमा ग्राहकको सुविधा, आपसी भाइचारा र कनेक्टिभिटीलाई विशेष प्राथमिकता दिइएको छ।

यस विषयमा बोल्दै एसजे मोटोका संस्थापक सौरभ ज्योतिले भने, 'पोखरामा पहिलो संयुक्त आउटलेट खोलेदेखि नै हामीले बाइकर र कफी प्रेमीहरूको समुदाय बढ्दै गएको पाएका छौं। दुवै क्षेत्रप्रतिको यही लगावलाई अझ प्रोत्साहन गर्न र उत्कृष्ट अनुभव प्रदान गर्न हामीले काठमाडौंको यो आउटलेटलाई थप फराकिलो र आकर्षक बनाएका हौं। लामो राइडमा निस्किनुअघि रिफ्रेस हुन होस्, आफ्ना राइडर साथीहरूसँग भेटघाट गर्न होस् वा उत्कृष्ट कफीको मज्जा लिन होस्— नयाँ स्वरूपको यस एसजे मोटो र हिमालयन जाभा आउटलेटले सबैलाई एक उत्कृष्ट र फरक अनुभव प्रदान गर्ने विश्वास लिइएको छ।'

यो आउटलेट अब सर्वसाधारणका लागि पूर्ण रूपमा खुला गरिएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
957SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?