काठमाडौं, फागुन २८ – नेपालको अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले गर्मी मौसम सुरु हुनुअघि नै ग्राहकहरूको सुविधाका लागि विशेष 'Free AC Service Camp' र आकर्षक 'Exchange Offer' सार्वजनिक गरेको छ। यस क्याम्पको मुख्य विशेषता भनेको ग्राहकले प्रयोग गरिरहेका जुनसुकै ब्रान्डका एसीमा पनि निःशुल्क सर्भिसिङ सेवा उपलब्ध गराइनेछ।
योजनाका मुख्य आकर्षणहरू:
यो योजना फागुन २४ गतेदेखि सीमित अवधिको लागि नेपालभरका प्रमुख आउटलेटहरूमा लागू भइसकेको छ। थप जानकारीका लागि सीजी केयरको टोल फ्री नम्बर १६६-००-१०२-२११ वा १६६-००-१००-२११ मा सम्पर्क गर्न सकिनेछ।
४० वर्षभन्दा बढी समयदेखि नेपाली उपभोक्ता इलेक्ट्रोनिक्स बजारमा अग्रणी भूमिका निर्वाह गर्दै आएको सीजी इलेक्ट्रोनिक्सले गुणस्तरीय उत्पादन, नवप्रवर्तन र उत्कृष्ट सेवामार्फत लाखौं नेपाली परिवारको विश्वास जितेको छ। देशभर २१ वटा आधुनिक शोरुमहरू र ४० वटा सेवा केन्द्रहरूमार्फत कम्पनीले बिक्रीपछिको उत्कृष्ट सेवा सुनिश्चित गर्दै आएको छ।
साथै, ग्राहकहरूका सुविधाका लागि कम्पनीले आफ्नो आधिकारिक वेबसाइट cgdigital.com.np मार्फत अनलाइन बिक्री सेवा पनि प्रदान गर्दै आएको छ। यस सञ्जालले ग्राहकलाई छिटो, भरपर्दो र प्राविधिक रूपमा दक्ष सेवा प्रदान गर्दै, सीजी ब्रान्डलाई गुणस्तर र विश्वसनीयताको पर्याय बनाएको छ।


































